Gopal Dahal

गृहपृष्ठ पपुवा न्यू गिनी (पिएनजी)ले आईसीसी महिला विश्वकप छनोट नखेल्ने

पपुवा न्यू गिनी (पिएनजी)ले आईसीसी महिला विश्वकप छनोट नखेल्ने

खेलाडीहरुमा कोभिड–१९ देखिएपछि पपुवा न्यू गिनी (पिएनजी)ले आईसीसी महिला विश्वकप छनोट नखेल्ने जनाएको छ ।नोभेम्बर २१ तारिखबाट जिम्बावेमा हुन लागेको छनोटबाट पिएनजी बाहिरिएको हो । नोभेम्बर ६ तारिखमा छनोटका लागि प्रस्थान गर्ने योजनासहित खेलाडीहरु अक्टोबर ३० मा क्वारेन्टाइनमा बस्न बाध्य भएका थिए । तर पिसिआर परिक्षणमा कतिपय खेलाडीहरुलाई कोभिड–१९ पोजेटिभ देखिएपछि पिएनजीले प्रतियोगिताबाट बाहिरिन बाध्य भएको हो । खेलाडीहरुमा कोभिड–१९ पोजेभिट देखिएपछि प्रतियोगिताका लागि पर्याप्त खेलाडी नभएको पिएनजीले जनाएको छ । विश्वकप छनोटको समूह ए मा पिएनजीले आयरल्यान्ड, नेदरल्यान्ड्स, श्रीलंका र वेस्ट इन्डिजविरुद्ध खेल्ने तय भएको थियो । छनोटको समूह ‘बि’मा बंगलादेश, पाकिस्तान, थाइल्यान्ड, अमेरिका र जिम्बावे रहेका छन् ।

प्रकाशित समय १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal