इंग्लिश प्रिमियर लिग: न्युक्यासल द्वारा वेस्ट ह्याम पराजित

शनिबार बेलुकी भएको ईपीएल् खेलमा वेस्ट ह्याम युनाइटेड न्युक्यासल युनाइटेड सँग पराजित भएको छ।

यस सिजन उत्कृष्ट प्रदर्शन देखाइरहेको वेस्ट ह्यामले सेन्ट जेम्स पार्कमा भने आफ्नो उच्च फर्मको सिलसिला कायम राख्न सकेन। पहिलो हाफको ३६औं मिनेटमा इसा डियोपको आत्मघाती गोल मार्फत न्युक्यासलले अग्रता लिएको थियो।

३६औं मिनेटमै वेस्ट ह्यामको रक्षा पंक्तिका अर्का खेलाडी क्रेग डसनले रातो कार्ड पाएपछि ४१औं मिनेटमा न्युक्यासलले जोलिन्टनको गोल मार्फत आफ्नो अग्रतालाई दोब्बर बनायो।

दोस्रो हाफमा केही आक्रामक देखिएको वेस्ट ह्यामले इसा डियोपकै गोल मार्फत खेलमा फर्किने संकेत देखायो। खेलको ८०औं मिनेटमा वेस्ट ह्यामका स्टार खेलाडी जेसी लिङ्गार्डले पेनाल्टी मार्फत खेललाई बराबरीमा ल्याए।

च्याम्पियन्स लिग फुटबलको दाउमा रहेको वेस्ट ह्यामको बाटोमा ठूलो अड्चन बनेर आए जो विलक। आर्सनल बाट लोनमा न्युक्यासल आएका विलकले खेलको ८२औं मिनेटमा गोल गर्दै न्युक्यासललाई ३-२ को जीत दिलाए।

यो जीत सँगै न्युक्यासल अंक तालिकामा दुई खुड्किलो माथि चढेर १५औं स्थानमा पुगेको छ भने वेस्ट ह्यामलाई ठूलो झड्का लागेको छ।

यसै गरी गए राती भएको खेलमा एभर्टन र टोटेनह्यामले २-२ को बराबरी खेल खेलेका थिए।

प्रिमियर लिगमा भोलि आर्सनल विरुद्ध फुल्ह्याम र म्यानचेस्टर युनाइटेड विरुद्ध बर्नली प्रतिस्पर्धा गर्दै छन्।

प्रकाशित समय १०:०९ बजे

प्रतिक्रिया दिनुहोस्