गृहपृष्ठ महिला राष्ट्रिय लिग आजदेखि सुरु हुदै
महिला राष्ट्रिय लिग आजदेखि सुरु हुदै

महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदैछ । ७ टिम सहभागी डबल राउण्ड रोविनमा हुने लिगको उद्घाटन खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस क्लब बीच रंगशालमा सुरु हुनेछ । खेल दिउँसो २ बजे देखि सुरु हुनेछ ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० गत चैतमा डबल लिग सिस्टममा महिला राष्ट्रिय लिग आयोजना गर्ने भन्दै मितिसमेत तयार गरिसकेको थियो । खेलाडीहरु उत्साहित थिए । विभागीय तीन टिमसहित उपमेयर कप खेलेका उत्कृष्ट चार टिम राष्ट्रिय लिगका लागि छनोट भएका थिए ।
७ टिमले एकआपसमा दुई पटक प्रतिस्पर्धा गर्दा खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पाउँथे । यस्तै लिग उपत्यका बाहिर गर्ने गरी तयारी पनि भइरहेको थियो ।
कोरोना महामारीका कारण खेल क्षेत्र पनि प्रभावित बन्न पुगेको थियो ।
लिगको तयारीका लागि एन्फाले हरेक टोलीलाई १ लाख रुपैयाँ र कोभिड रिलिफ फन्ड अनुरुप ५० हजार प्रदान गरिने एन्फाले जनाएका छन् ।
प्रतियोगिता दौरान कुनै खेलाडी वा पदाधिकारीलाई कोरोना संक्रमण भएको शंका लागेको खण्डमा आइसोलेसनको व्यवस्था एन्फाले गर्ने बताहेको छ ।
यस पटक लिग खेल्ने टिमले चार जनासम्म विदेशी खेलाडी राखन पाउने प्रावधान मिलाएको छ । यस्तै एक टिममा २३ खेलाडीहसित जम्मा ३० जना हुनेछन् । जसमा कोच म्यानेजर फिजियो लगायत समावेश हुने भएका छन् ।
प्रकाशित समय ११:२७ बजे