गृहपृष्ठ धारा नेपालगन्ज म्याराथन तयारी पूरा

धारा नेपालगन्ज म्याराथन तयारी पूरा

मङ्सिर ६ गते नेपालगञ्जमा आयोजना हुने नेपालगन्ज म्याराथनको छैठौं संस्करणको तयारी पुरा भएको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी भौतिक दुरी कायम गर्दै म्याराथन आयोजना गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्डसले बिहिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कोभिड–१९ का कारण नेपालगञ्ज म्याराथनमा यसअघिका केही ईभेन्ट हटाइएको जानकारी दिनुभयो । यसवर्ष पुरुष खुल्ला म्याराथन, महिलाको हाफ म्याराथन र ३ किलोमिटरको कर्पोरेट रम मात्रै समावेश गरिएको छ । तत्कालिन विद्रोही र सरकारबीच बिस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा नेपालगञ्ज म्याराथन हुँदै आएको छ । यस प्रतियोगिताका प्रदेश १, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत राष्ट्रियस्तरका चर्चित धावकहरुले भाग लिदै आएका छन् । नेपाल एथ्लेटिक्स सङ्घले मान्यता दिएको नेपालगञ्ज म्याराथनका लागि राष्ट्रिय खेलकुद परिषदले समेत स्वीकृत प्रदान गरेको छ । नेपाल ओलम्पिक कमिटीले यसलाई ओलम्पिक छनौटका रुपमा लिएको छ । सो अवसरमा म्याराथनको टीसर्ट सार्वजनिक गरिएको छ ।

प्रकाशित समय १२:२८ बजे

प्रतिक्रिया दिनुहोस्