गृहपृष्ठ सन्दीपले बिग बास खेल्ने

सन्दीपले बिग बास खेल्ने

sandip-candles khabar

नेपाली लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग ९बीबीएल० खेल्ने भएका छन् ।

हालै सम्पन्न ईन्डियन प्रिमियर लिग ९आईपीएल०मा दिल्ली क्यापिटल्समा आबद्ध भए पनि खेल्ने मौका नपाएका सन्दीप दशौँ संस्करणको बीबीएलको होबार्ट हुरिकेन्सबाट खेल्ने भएका हुन् ।

होबार्टले बिहीबार बिहान विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको हो । यसअघि सन्दीपले मेलवर्न स्टार्सबाट लगातार दुई सिजन खेलेका थिए । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् र होबार्ट उनको दोस्रो टिम हो ।

होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताएका छन् । बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।

प्रकाशित समय १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्