Gopal Dahal

गृहपृष्ठ आज पूर्णिमाव्रत, हेर्नुहोस् आजको दिन २०७७ फागुन १४ गते

आज पूर्णिमाव्रत, हेर्नुहोस् आजको दिन २०७७ फागुन १४ गते

rashifal-Candles Khabar

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, फागुन महिनाको १४ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत फेव्रुअरी महिनाको २६ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघ शुक्लपक्षको नवमी तिथि दिवा १:६ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । अश्लेषा नक्षत्र दिवा १२:११ बजेसम्म रहनेछन् । यसैगरी आज अतिगण्ड योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ६:३३ मा छ भने सूर्यास्त बेलुका ६:२ बजे हुनेछ । चन्द्रमा आज कर्कट राशिमा रहेका छन् ।
आज पूर्णिमाव्रत परेको छ । पूर्णिमाव्रतमा चन्द्रमाको उपासना हुने गर्दछ ।

आजको राशिफल २०७७ फागुन १४ गते

मेष राशिः बोलीमा विकार रहनसक्नेछ । कार्य प्रभावकारितामा कमी रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । दिन संघर्षमय रहने देखिन्छ ।

वृष राशिः मित्र सुख मिल्नेछ । प्राज्ञिक कार्यमा मन जानुकका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेमा पारख बढ्नेछ ।

मिथुन राशिः भौतिक वस्तुबाट लाभ रहनेछ । कार्य व्यवसायमा सफलता मिल्नुका साथै आर्थिक उन्नति हुने देखिन्छ । भाग्यको क्षेत्र पनि सबल रहनेछ ।

कर्कट राशिः पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका साथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त हुने देखिन्छ । बौद्धिक कार्यमा पनि सफलता मिल्नेछ ।

सिंह राशिः कार्यक्षेत्र संघर्षदायी रहनेछ । खर्चमा वृद्धि हुनुका साथै आर्थिक अस्थिरताको सामना गर्नुपर्ने देखिन्छ । बुद्धिपक्षको प्रयोग आज शुभ रहनेछ ।

कन्या राशिः प्रिय लाभ हुनेछ । कान्ति वृद्धिका साथै अध्ययन अध्यापनमा मन जनेछ । व्यापार व्यववसायमा पनि वृद्धि हुने देखिन्छ ।

तुला राशिः खेल क्षेत्रमा रुचि रहनेछ । गृह सुख मिल्नुका साथै आय आर्जनका अवसर पनि प्राप्त हुनेछन् । व्यवसाय पनि फलदायी नै रहने देखिन्छ ।

वृश्चिक राशिः पारिवारिक सुख मिल्नेछ । कान्ति वृद्धिका साथै कलात्मक क्षेत्रमा अभिरुचि रहने देखिन्छ । धातुजन्य वस्तु पनि लाभदायी रहनेछन् ।

धनु राशिः आर्थिक पक्ष मध्यम फलदायी रहनेछ । शत्रुपक्ष सबल रहने भएकाले कार्यक्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ ।

मकर राशिः कार्यमा सफलता मिल्नेछ । आर्थिक उन्नतिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । भौतिक वस्तुबाट लाभ रहनेछ ।

कुम्भ राशिः सामाजिक कार्यमा रुचि जाग्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि सफलता मिल्नेछ । सांगीतिक क्षेत्र सबल रहने देखिन्छ ।

मीन राशिः प्रेम जीवन सुखद् रहनेछ । आय आर्जमा वृद्धि हुनुका साथै लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । विद्याको भाव पनि सबल नै रहनेछ ।

 

प्रकाशित समय ०४:५० बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal