गृहपृष्ठ आज द्रोणनवमी हेर्नुहोस् आजको दिन २०७७ फागुन ९ गते

आज द्रोणनवमी हेर्नुहोस् आजको दिन २०७७ फागुन ९ गते

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, फागुन महिनाको ९ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत फेव्रुअरी महिनाको २१ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघ शुक्लपक्षको नवमी तिथि दिवा १:६ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मृगशिरा नक्षत्र बिहान ८:४२ बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भ योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ६:३८ मा छ भने सूर्यास्त बेलुका ५:५८ बजे हुनेछ । चन्द्रमा आज वृष राशिमा रहेका छन् ।

आज द्रोणनवीतिथि हो । आज आइतवार रहेकाले सूर्यनारायाण भगवान्को उपासना शुभ रहनेछ ।

आजको राशिफल २०७७ फागुन ९ गते

मेष राशिः आर्थिक उन्नति हुनेछ । व्यवसायमा वृद्धि हुनुका साथै धातुजन्य वस्तु लाभदायी रहनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

वृष राशिः कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा प्रतिकूलताका साथै खर्चवृद्धिको योग पनि देखिन्छ । शत्रु पक्ष आज सबल रहनेछन् ।

मिथुन राशिः पराक्रम बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ । दिन सुखमय व्यतित हुनेछ ।

कर्कट राशिः वित्तीय लाभ हुनेछ । व्यवसायमा उन्नतिका साथै सृजनात्मक कार्यमा मन जानेछ । विद्याको भाव बलावन रहने देखिन्छ ।

सिंह राशिः सुखद् यात्राका योग देखिन्छन् । व्यवसायमा उन्नतिका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ । कर्मक्षेत्र सबल रहनेछ ।

कन्या राशिः शारीरिक आलश्यता रहनेछ । चन्द्रमाको प्रतिकूलताले गर्दा खर्च बढाउनुका साथै कार्य क्षेत्रमा पनि संघर्ष गर्नुपर्ने देखिन्छ ।

तुला राशिः पारिवारिक सुख मिल्नेछ । जलीय पदार्थ लाभदायी रहनुका साथै अध्ययन अध्यापनमा पनि सफलता मिल्ने देखिन्छ ।

वृश्चिक राशिः धार्मिक कार्यमा मन जानेछ । आय आर्जमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् । स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ ।

धनु राशिः भौतिक वस्तु लाभदायी रहनेछन् । आय आर्जनमा वृद्धि हुनुका साथै मानसिक तुष्टि मिल्ने देखिन्छ । पारिवारिक सुख प्राप्तिका योग पनि देखिन्छन् ।

मकर राशिः शत्रु पक्ष आज सबल रहनेछन् । कायृक्षेत्रमा असिथरताका साथै खर्चमा पनि वृद्धि हुनसक्नेछ । स्वास्थ्यमा सजग रहनु नै लाभप्रद रहनेछ ।

कुम्भ राशिः सांगीतिक क्षेत्रमा रुचि रहनेछ । आय आर्जनमा वृद्धि हुनुका साथै व्यवसायिक सफलता मिल्ने देखिन्छ । कला साहित्यमा विशेष लगाव रहेने आजकोे राशिफल रहेको छ ।

मीन राशिः बौद्धिक कार्यमा मन जानेछ । आध्यात्मिक चिन्तनमा मन प्रवृत्त हुनेछ । सुखद् यात्राका साथै । भौतक वस्तु बाट पनि लाभ रहनेछ ।

 

प्रकाशित समय ०६:५१ बजे

प्रतिक्रिया दिनुहोस्