Gopal Dahal

गृहपृष्ठ आज अचलासप्तमी हेर्नुहोस् आजको दिन २०७७ फागुन ७ गते

आज अचलासप्तमी हेर्नुहोस् आजको दिन २०७७ फागुन ७ गते

rashifal-cadles khabar

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, फागुन महिनाको ७ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत फेव्रुअरी महिनाको १९ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघ शुक्लपक्षको सप्तमी तिथि बिहान ९।१५ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । कृत्तिका नक्षत्र राति ४।१९ बजेसम्म रहनेछन् । यसैगरी आज ऐन्द्र योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ६।४० मा छ भने सूर्यास्त बेलुका ५।५७ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा रहेका छन् ।

आज अचलासप्तमी वा रथसप्तमी तिथि हो । सप्तमी सूर्य भगवान्को उपासना गर्ने उत्तम दिन हो । यसैगरी आज प्रजातन्त्र दिवस पनि परेको छ ।

आजको राशिफल २०७७ फागुन ७ गते

मेष राशिः प्रिय लाभ हुनेछ । कार्य व्यववसायमा उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् । मन नयाँ कार्यमा प्रवृत्त रहनेछ ।

वृष राशिः दिन कार्यदायी रहनेछ । ग्रहजन्य प्रतिकूलताले शत्रु भयका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । निर्णय प्रक्रियामा सजग रहनु नै आज उचित हुनेछ ।

मिथुन राशिः बौद्धिक कार्यमा रुचि जाग्नेछ । कार्य लाभका साथै अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ । जलीय वस्तु फलदायी रहनेछन् ।

कर्कट राशिः कार्य क्षेत्रमा उन्नति हुनेछ । भौतिक वसतुबाट लाभ रहनुका साथै मन नया कार्यमा प्रवृत्र रहनेछ । विद्याको क्षेत्र आज उन्नत नै रहनेछ ।

सिंह राशिः आर्थिक लाभ हुनेछ । कार्य व्यवसायमा उन्नतिका साथै यात्राका योग देखिन्छ । अध्ययन अध्यापनमा पनि आज सफलता मिल्नेछ ।

कन्या राशिः शत्रुपक्ष आज सबल रहनेछन् । कार्य क्षेत्रमा अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै लाभप्रद रहनेछ ।

तुला राशिः व्यवसायमा वृद्धि हुनेछ । आर्थिक उन्नतिका साथै मनोरञ्जनमा विशेष चाख रहनेछ । जलीय वस्तु लाभदायी रहनेछन् ।

वृश्चिक राशिः धार्मिक कार्यमा रुचि रहनेछ । आर्थिक लाभका साथै सृजनात्मक कार्यमा अग्रसरता रहनेछ । राजनीतिको क्षेत्र आज सबल रहने देखिन्छ ।

धनु राशिः पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका साथै सामाजिक कार्यमा रुचि रहनेछ । भौतिक वस्तु पनि आज लाभदायी रहनेछन् ।

मकर राशिः ग्रह बल आज कमजोर देखिन्छ । शारीरिक आलशयताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । कार्य क्षेत्रमा सजग रहनु नै लाभप्रद रहनेछ ।

कुम्भ राशिः प्रिय लाभ हुनेछ । धार्मिक कार्यमा रुचि रहनुका साथै आध्यात्मिक चिन्तनमा मन प्रवृत्त रहनेछ । पारिवारिक भेटघाटले दिन मनोरम रहनेछ ।

मीन राशिः मित्र लाभ हुनेछ । आय बढ्नुका साथै अध्ययन अध्यापनमा संलग्नता बढ्नेछ । व्यवसायको क्षेत्र पनि आज सफल नै रहनेछ ।

 

प्रकाशित समय २१:३१ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal