गृहपृष्ठ आज शुक्रवार, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ माघ ९ गते

आज शुक्रवार, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ माघ ९ गते

Rashifal -candles khabar

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको ९ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको २२ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत पौष शुक्लपक्षको नवमी तिथि बेलुका ५:५४ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । भरणी नक्षत्र बेलुका ६:३३ बजेसम्म रहनेछन् । यसैगरी आज शुभ योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ६:५७ मा छ भने सूर्यास्त बेलुका ५:३५ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा रहेका छन् ।

आज शुक्रवार इन्द्रायणी भगवतीको उपासना शुभ रहनेछ । यसैगरी आज कला मनोरञ्जनका कार्य पनि शुभ फलदायी रहनेछन् ।

आजको राशिफल २०७७ माघ ९ गते, शुक्रवार

मेष राशिः मनोरञ्जनमा मन जानेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै आर्थिक उन्नतिका योग देखिन्छन् । विद्याको क्षेत्र आज सबल रहनेछ ।

वृष राशिः आज चन्द्रबल कमजोर देखिन्छ । आर्थिक अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलताको सामना गर्नुपर्ने देखिन्छ । बुद्धिपक्षको प्रयोग आज लाभदायी रहनेछ ।

मिथुन राशिः आर्थिक लाभ हुनेछ । मित्र सुख मिल्नुका साथै कार्य व्यवसायमा पनि उन्नति हुने देखिन्छ । विद्याको क्षेत्र फलदायी रहनेछ ।

कर्कट राशिः पारिवारिक सुख मिल्नेछ । शत्रु पराजित हुनुका साथै जलीय वस्तु लाभदायी रहनेछन् । प्रेम जीवन आज सुखद् व्यतित हुने देखिन्छ ।

सिंह राशिः भौतिक वस्तुबाट लाभ रहनेछ । बोलीमा प्रभाव रहनुका साथै कार्यक्षेत्रमा पनि सफलता मिल्ने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

कन्या राशिः वित्तीय क्षेत्र लाभदायी रहनेछ । बौद्धिक कार्यमा मन जानुका साथै खेल क्षेत्र पनि आज सबल रहने देखिन्छ । मित्रमिलनका योग पनि रहेकाछन् ।

तुला राशिः मित्र लाभ हुनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै आर्थिक पक्ष पनि आज सबल रहने देखिन्छ । प्रेम जीवन पनि पारिखिलो रहनेछ ।

वृश्चिक राशिः धार्मिक कार्यमा रुचि रहनेछ । आर्थिक उन्नतिका साथै सुखद् यात्राक योग पनि देखिन्छन् । व्यवसायमा वृद्धि हुनेछ आजको राशिफल रहेको छ ।

धनु राशिः कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । शत्रु भयका साथै अपव्ययका योग पनि देखिन्छन् । निर्णयप्रक्रियामा नहतारिनु नै उचित हुनेछ ।

मकर राशिः द्रव्य लाभ हुनेछ । कान्ति वृद्धिका साथै सौन्दर्य प्रसाधनमा मन अभिप्रेरित रहनेछ । पारिवारिक सुख मिल्नेछ देखिन्छ ।

कुम्भ राशिः बौद्धिक कार्यमा रुचि रहनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै आमदानीका स्रोत पनि बढ्ने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

मीन राशिः आर्थिक उन्नति हुनेछ । प्रिय सुख मिल्नुका साथै सुखद् यात्राका योग देखिन्छन् । अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

प्रकाशित समय ०५:४६ बजे

प्रतिक्रिया दिनुहोस्