गृहपृष्ठ आज अष्टमीव्रत, गोरखकाली पूजा हेर्नुहोस् आजको दिन २०७७ माघ ८ गते

आज अष्टमीव्रत, गोरखकाली पूजा हेर्नुहोस् आजको दिन २०७७ माघ ८ गते

Rashifal candleskhabar

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको ८ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको २१ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत पौष शुक्लपक्षको अष्टमी तिथि दिवा ३:४३ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । अश्विनी नक्षत्र दिवा ३:५६ बजेसम्म रहनेछन् । यसैगरी आज साध्य योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ६:५७ मा छ भने सूर्यास्त बेलुका ५:३४ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा रहेका छन् ।
आज अष्टमीव्रतका साथै गोरखकाली पूजा गर्ने दिन हो । अष्टमी तिथि भगवतीको उपासनाका निम्त उत्तम मानिन्छ । यसैले आज गोरखकाली भगवतीको उपासनाका साथै सप्तशती चण्डीको पाठ शुभ फलदयी रहन्छ ।

आजको राशिफल २०७७ माघ ८ गते, बिहीवार
मेष राशिः मिष्ठान्न लाभ हुनेछ । कार्यमा उन्नतिका साथै मित्र मिलनका योग देखिन्छन् । पैम पक्ष पारखिलो रहनेछ ।

वृष राशिः दिन कार्यदायी रहनेछ । आर्थिक अस्थिरतका साथै प्रतिकूल स्वास्थ्यको समेत सामना गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम रहनेछ ।

मिथुन राशिः वाक् कलामा वृद्धि हुनेछ । वित्तीय लाभका साथै कार्य व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ ।

कर्कट राशिः पराक्रम बढ्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । प्रेम जीवन आज सुखद् रहनेछ ।

सिंह राशिः धार्मिक कार्यमा रुचि जाग्नेछ । मित्र सुख मिल्नुका साथै सुखद् यात्राकायोग पनि देखिन्छन् । आर्थिक पक्ष पनि सबबल नै रहनेछ ।

कन्या राशिः ग्रहबल आज प्रतिकूल रहनेछ । स्वास्थ्यमा अस्थिरताका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।

तुला राशि : आयमा वृद्धि हुनेछ । कार्य क्षेत्रमा प्रभावकारिता रहनुका साथै जलीय वस्तु लाभदायी रहनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

वृश्चिक राशिः प्रिय सुख मिल्नेछ । बोलीमा ओज रहनुका साथै कार्य क्षेत्रमा पनि उन्नति हुने योग देखिन्छ । विद्याको क्षेत्र पनि आज सबल नै रहनेछ ।

धनु राशिः व्यवसायमा वृद्धि हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै प्राज्ञिक कार्यमा संलग्न रहने आजको राशिफल रहेको छ ।

मकर राशिः शत्रुपक्ष सबल रहनेछन् । व्यवसायमा संघर्षका साथै दिन कार्यदायी रहने देखिन्छ । विद्या एवं प्रेमका क्षेत्र आज मध्यम फलदायी रहनेछन् ।

कुम्भ राशिः गृह सुख मिल्नेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै मनोरञ्जनमा विशेष रुचि रहने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

मीन राशिः द्रव्य लाभ हुनेछ । पारिवारिक सुखका साथै कार्यक्षेत्रमा उन्नति हुनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् ।

 

प्रकाशित समय ०५:०४ बजे

प्रतिक्रिया दिनुहोस्