गृहपृष्ठ आज सोमवार, पञचाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ माघ ५ गते

आज सोमवार, पञचाङ्गसहित हेर्नुहोस् आजको दिन २०७७ माघ ५ गते

Rashifal candleskhabar

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको ५ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको १८ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत पौष शुक्लपक्षको पञ्चमी तिथि बिहान १०:२० बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पूर्वाभाद्रपदा नक्षत्र बिहान ९:११ बजेसम्म रहनेछन् । यसैगरी आज परिघ योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ६:५७ मा छ भने सूर्यास्त बेलुका ५:३२ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा रहेका छन् ।

आज सोमवार शिवजीको उपानाका साथै सेता वस्तुको प्रयोग शुभ रहनेछ । यसैगरी चन्द्रजन्य दोष निवृत्रिका निम्ति ॐ सों सोमाय नमः भन्ने मन्त्रको जप पनि शुभ रहनेछ ।

आजको राशिफल २०७७ माघ ५ गते, सोमवार

मेष राशिः दिन कार्यदायी रहनेछ । व्यवसायमा अपेक्षित सफलता मिल्नुका साथै शारीरिक आलश्यताले सताउन सक्नेछ । स्स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ ।

वृष राशिः आर्थिक पक्ष सबल रहनेछ । बौद्धिक कार्यमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । व्यवसायिक सफलताले दिन सुखमय व्यति हुने देखिन्छ ।

मिथुन राशिः मित्र सुख रहनेछ, कार्य क्षेत्रमा उन्नतिका साथै सुखद् यात्रका योग पनि देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र सबल रहने राशिफल रहेको छ ।

कर्कट राशिः प्रेममा पारख बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै आय आर्जनमा पनि वृद्धि हुनेछ । व्यवसायकि क्षेत्र उन्नतिदायी रहने आजको राशिफल रहेको छ ।

सिंह राशिः कार्यक्षेत्रमा संघर्षका योग देखिन्छन् । खर्चमा वृद्धि हुनुका साथै बोलीको प्रभावमा पनि कमी आउनेछ । अन्य पक्ष मध्यम फलदायी रहने देखिन्छ ।

कन्या राशिः पराक्रम बढ्नेछ, आर्थिक उन्नतिका साथै जलीय वस्तु विशेष लाभदायी रहनेछन् । प्रेमममा पारख बढ्ने आजको राशिफल रहेको छ ।

तुला राशिः वित्तीय लाभका योग देखिन्छन् । कार्य अवसर प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । मनोरञ्जनमा अधिक समय व्यतित हुनसक्ने देखिन्छ ।

वृश्चिक राशिः दिन सुखद् रहनेछ । धनको क्षेत्र सबल रहनुका साथै व्यवसायमा पनि सफलता मिल्नेछ । स्वास्थ्यमा भने सजग रहनु नै उचित हने देखिन्छ ।

धनु राशिः शीतकारक वस्तुबाट हानि रहनेछ । वित्तीय क्षेत्रमा सुधार हुनुका साथै नयाँ कार्य अवसर पनि प्राप्त हुनेछन् । दिनको उत्तराद्र्ध विशेष लाभदायी रहनेदेखिन्छ ।

मकर राशिः मनमा प्रसन्नता रहनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै धार्मिक कार्यमा लगाव रहने देखिन्छ । प्रेम जीवन पनि सुखद् रहने आजको राशिफल रहेको छ ।

कुम्भ राशिः सामाजिक कार्यमा रुचि जाग्न्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ । मित्र पक्षको साथ सहयोगले दिन सफल रहनेछ ।

मीन राशिः भौतिक वस्तु लाभदायी रहनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै कार्य क्षेत्र पनि सबल रहनेछ । कलात्कम पक्षको उजागर हुने आजको राशिफल रहेको छ ।

प्रकाशित समय ०५:३८ बजे

प्रतिक्रिया दिनुहोस्