गृहपृष्ठ आज तपाईको दिन कस्तो रहने छ ? हेर्नुहोस् आजको दिन २०७७ माघ ४ गते

आज तपाईको दिन कस्तो रहने छ ? हेर्नुहोस् आजको दिन २०७७ माघ ४ गते

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको ४ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको १७ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत पौष शुक्लपक्षको चतुर्थी तिथि बिहान ९:२१ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । शतभिषा नक्षत्र बिहान ७:४३ बजेसम्म रहनेछन् । यसैगरी आज वरियन योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ६:५८ मा छ भने सूर्यास्त बेलुका ५:३१ बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा रहेका छन् ।
आज शनिवार शिवजीको उपासनाका साथै पिपलको दर्शन एवं पूजान शुभ फलदयी रहनेछ । शनिजन्य दोष निवृत्तिका निम्ति शनिमृतयुञ्जयको पाठ पनि शुभ रहनेछ ।

आज आइतवार सूर्यनारायण भगवान्को उपासनाका साथै राता वस्तुको प्रयोग लाभप्रद रहनेछ । यसैगरी आज सूर्यजन्य दोष निवारणका निम्त आदित्यहृदयस्तोत्रपाठ पनि शुझलदायी रहनेछ ।

 

साप्ताहिक राशिफल २०७७ माघ ४–१० गतेसम्म
ग्रहगोचरमा तपाईको यो साता कस्तो रहनेछ ? यो साता के कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? यसैगरीआर्थिक उन्नति, प्रेम जीवन, स्वास्थ्य, विदेश यात्रा, व्यापार व्यवसाय, सेयर आदि समग्र पक्षको ग्रहगोचरीय विश्लेषण सहित साप्ताहिक राशिफल आजको प्रस्तुतिमा रहनेछ ।

उपप्रा. नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्
मेष राशिः मेष राशिका लागि साताको उत्तराद्र्ध विशेष लाभदायी रहनेछ । सोमवारसम्म कार्यमा व्यवस्तता रहनुका साथै अधिक परिश्रम गर्नुपर्ने देखिन्छ । तत् समयमा चन्द्रमाको प्रतिकूलताले खर्चमा वृद्धि गराउन सक्नेछन् । यसैगरी स्वास्थ्यमा पनि सजग रहनु नै उचित हुनेछ । मंगलवारपछिको समय भने सुखद् बन्दै जाने देखिन्छ । क्रमशः कार्यक्षेत्रमा क्रमशः उन्नतिका अवसर प्राप्त हुनेछन् । निर्णय प्रक्रियामा भने बुद्धिपक्षको प्रयोग शुभ रहनेछ । आर्थिक दृष्टि सातामध्यम फलदायी रहनेछ । सेयर लगानी मंगलवारपछि फलदायी रहने देखिन्छ । कला साहित्य एवं संगीतको क्षेत्र यो साता सुखद् देखिन्छ । घर परिवारबाट पनि साथ सहयोग मिल्नेछ । सन्ततिबाट सुखका योग देखिन्छन् । कृषि व्यवसायीका निम्त फलफूल एवं तरकारीजन्य वस्तुबाट लाभ रहनेछ । विद्याको क्षेत्र– फलदायी रहनेछ । गणित एवं विज्ञान क्षेत्रको अध्ययन गर्नेका निम्त यो साता सफल रहनेछ । जलीय वस्तु लाभदायी रहनेछन् । राजनीतिको पक्ष साताको उत्तराद्र्धमा उन्नत रहनेछ । आध्यात्मिक दृटिले साता सुखद् देखिन्छ । वैदेशिक पक्ष सुखद् देखिन्छ । स्वास्थ्यको भाव मध्यम फलदायी रहनेछ । प्रेम प्रणका दृष्टिले पनि मंगलवारपछिका समय सुखद् रहने साताको राशिफल रहेको छ ।

वृष राशिः वृष राशिका लागि साता उन्नतिदायी रहनेछ । प्राविधिक कार्यक्षेत्र हुनेका निम्ति साता सुखद् रहने देखिन्छ । बौद्धिक कार्यमा विशेष संलग्नता रहने देखिन्छ । आर्थिक दृष्टिले यो साता मध्यम फलदायी रहनेछ । धनभाव सबल देखिन्छ । सेयर व्यवसायबाट लाभका योग देखिन्छन् । नयाँ लगानीका निम्ति मंगल र बुधवार बाहेकका समय सुखद् रहनेछन् । पारिवारिक पक्ष सुखद् रहनेछ । सन्नतिबाट पनि लाभका योग देखिन्छन् । भूधन लाभदायी रहनेछ । विद्याको क्षेत्र– उन्नत रहनेछ । सृजनात्मक कार्यमा मन प्रवृत्त रहनेछ । खेल क्षेत्र पनि रुचिकर रहने देखिन्छ । प्राकृतिक परिभ्रमणले सातालाई मनोरम तुल्याउने देखिन्छ । प्रेमका दृटिले साता मध्यम फलदायी रहनेछ । वैदेशिक पक्ष सुखद् देखिन्छ । कार्यप्राप्तिका साथै भाग्य अभिवृद्धिका योग पनि रहेका छन् । स्वास्थ्यको भाव मध्यम फलदायी रहनेछ । मंगल र बुधवार ग्रह प्रतिकूल रहने लेनदेनका कार्यमा पनि सजग रहनुहोला । यसैगरी तत् समयमा खानपिनमा विशेष सग रहनु नै उचित हुने साताको राशिफल रहेको छ ।

मिथुन राशिः मिथुन राशिका लागि यो साता अर्थदायी रहनेछ । मित्रपक्ष सबल रहनुका साथै कार्यक्षेत्रमा पनि उन्नतिका योग देखिन्छन् । प्रशासनिक क्षेत्र सबल रहनेछ । निर्णय प्रक्रियामा बुद्धिपक्षको प्रयोग यो साता सुखद् रहनेछ । राजनीतिको क्षेत्र मध्यम फलदायी रहनेछ । आर्थिक दृष्टिले बिहीवार सम्मको समय सुखद् रहनेछ । सेयर व्यवसायीका निम्ति पनि उक्त समय सुखद् रहने देखिन्छ । कृषिकर्मीका निम्ति पशु चौपायबाट लाभ रहनेछ । पारिवारिकदृष्टिले साता सुखद् नै रहनेछ । आफन्तजनको साथ सहयोगले उल्लेख्य कार्यसम्पादन हुने देखिन्छ । प्रेम पक्ष यो साता सुदृढ देखिन्छ । नयाँ प्रेम सम्बन्ध स्थापित गर्नेका निम्ति पनि यो समय सुखद् रहनेछ । कला मनोरञ्जनमा विशेष अभिरुचि रहने देखिन्छ । शुक्रको प्रभावले कलात्मक पक्षलाई सबल तुल्याएका छन् । विद्याको भाव सबल देखिन्छ । प्राविधिक क्षेत्रको अध्ययन गर्नेका निम्ति साता सुखद् रहनेछ । वैदेशिक पक्ष मध्यम फलदायी रहनेछ । बिहीवार पछिको समयमा ग्रहबल केही कमजोर रहने भएकाले स्वास्थ्यमा सजग रहनु उचित हुने साताको राशिफल रहेको छ ।

कर्कट रािश : कर्कट राशिका लागि साता सुखद् रहनेछ । बौद्धिक पक्ष सबल रहनुका साथै कार्यक्षेत्रमा पनि उन्नतिका योग देखिन्छन् । पदप्रतिष्ठा अभिवृद्धिका योग पनि देखिन्छन् । आर्थिक दृष्टिले बुधवारसम्मको समय उन्नत देखिन्छ । लगानीका नयाँ मार्ग प्राप्त हुनेछन् । जलीय वस्तुबाट लाभ देखिन्छ । सेयर व्यवसायमा वित्तीयक्षेत्र उन्नत रहनेछ । कृषिकर्मीका निम्ति दुग्धजन्य वस्तुका साथै फलफूलबाट लाभ रहनेछ । विद्याको भाव मध्यम फलदायी रहनेछ । परिश्रमपूर्वक आर्जन गरेको विद्याले सफलता दिलाउने देखिन्छ । कला मनोरञ्जनको पक्ष यो साता सबल देखिन्छ । खेल क्षेत्रबाट पनि लाभ रहनेछ । मित्र पक्ष सबल रहनेछन् । पारिवारिक साथ सहयोग मिल्नुका साथै दाम्पत्य सुखका योग देखिन्छन् । प्रेम सम्बन्धमा प्रगाढता थपिनेछ । राजनीतिक दृटिले साता सबल देखिन्छ । निर्णय प्रक्रियामा नहतारिनु नै सुखद् रहनेछ । स्वाथ्यको भाव पनि सबल रहने साताको राशिफल रहेको छ ।

सिंह राशिः सिंह राशिका लागि यो साता मिश्रित फलदायी रहनेछ । सोमवारसम्मको समय केही कार्यदायी रहनसक्ने देखिन्छ । चन्द्रमा प्रतिकूल रहने भएकाले नयाँ कार्यमा अग्रसर नरहनु नै उचित हुनेछ । मंगलवारपछिको समय भने सुखद् बन्दै जाने देखिन्छ । कार्यक्षेत्रमा पनि क्रमशः लाभका योग बन्दै जाने देखिन्छ । आर्थिक पक्ष यो साता सुखद् रहनेछ । व्यापार व्यवसायमा पनि क्रमशः वृद्धि हुदै जाने देखिन्छ । सेयर लगानी साताको उत्तराद्र्धमा सुखद् रहनेछ । प्रशासनिक कार्यक्षेत्र हुनेका निम्ति बुद्धिपक्षको प्रयोग सुखद् रहनेछ । निर्णय प्रक्रियामा नहतारिनु नै उचिनत हुनेछ । कला सृजनाको क्षेत्र यो साता उर्वर रहनेछ । व्यवसायिक दृष्टिले भूधन लाभदायी रहने देखिन्छ । स्वास्थ्यको भाव मध्यमफलदायी रहनेछ । शीतकारक वस्तुबाट सजग रहनु नै उचितहुनेछ । आफन्तजनको साथ सहयोग मिल्नेछ । पारिवारिक पक्ष सुखद् नै देखिन्छ । वैदेशिक क्षेत्रबाट लाभका योग देखिन्छन् । प्रेमको पक्ष अनुकूल रहनेछ । सम्बन्धमा नयाँ आयाम थपिनेछन् । राजनीतिको क्षेत्र भने योसंघर्षदायी रहनसक्ने साताको राशिफल रहेको छ ।

कन्या राशिः कन्या राशिका लागि साता अर्थदायी रहनेछ । कार्यक्षेत्र सबल देखिन्छ । नेतृत्व क्षमतामा वृद्धि हुनुका साथै पद प्रतिष्ठामा पनि अभिवृद्धिका योग देखिन्छन् । मित्र पक्ष सबल रहनेछन् । आर्थिक पक्ष मध्यम फलदायी रहनेछ । व्यापार व्यवसायमा पनि वृद्धिका योग देखिन्छन् । मंगल र बुधवारको समय भने विशेष लगानीका कार्यमा अग्रसर नरहनु नै उचित हुनेछ । यसैगरी सेयर व्यवसायीका निम्ति पनि उक्त दिन संघर्षदायी रहनसक्ने देखिन्छ । अन्य समय लाभप्रद नै रहनेछ । पारिवारिक पक्ष सबल देखिन्छ । सन्ततिबाट लाभ रहनुका साथै सुखद् परिभ्रमणका योग पनि रहेका छन् । कृषि व्यवसायीका निम्ति पशु चौपायको पक्ष उन्नत रहनेछ । विद्याको भाव मध्यम फलदायी रहनेछ । प्रयोगात्मक पक्षको अध्ययन कर्ताका निम्ति साता सुखद् रहने देखिन्छ । कला साहित्य एवं संगीतको क्षेत्र अधिक रुचिकर रहनेछ । खेलक्षेत्रबाट पनि लाभका योग देखिन्छन् । राजनीतिको भाव मध्यम फलदायी रहनेछ । वैदेशिक क्षेत्रबाट लाभका साथै कार्यप्राप्तिका अवसर पनि मिल्नेछन् । पे्रम प्रणका दृष्टिले साता सुखद् रहनेछ । स्वास्थ्यको भाव मध्यमफलदायी रहनेछ । मंगल र बुधवारको समयमा भने ग्रहबल कमजोर रहनसक्ने देखिन्छ । तत् समयमा खानपानका साथै लेन देनका कार्यम सजग रहनु नै उचित हुने देखिन्छ ।

तुला राशिः तुला राशिका लागि साता उन्नतिदायी रहनेछ । मन पक्ष यो साता सबल रहनेछ । कला साहित्य एवं संगीतका क्षेत्रमा उन्नतिका योग देखिन्छन् । नेतृत्व क्षमतामा वृद्धि हुने देखिन्छ । आर्थिक दृष्टिले साता उन्नत रहनेछ । वित्तीय लाभका योग देखिन्छ । व्यापार व्यवसयामा उन्नतिका साथै सेयर कारोवारबाट पनि लाभ हुनेछ । भौतिक पक्ष यो साता सबल रहनेछन् । कृषि व्यवसायीका निम्ति पशु चौपायको क्षेत्र सुखद् रहनेछ । इष्टजनको साथ सहयोग मिल्नुका साथै सुखद् परिभ्रमणका अवसर पनि प्राप्त हुनेछन् । भाग्यको क्षेत्र उन्नत रहनेछ । विद्याको क्षेत्र सबल रहने देखिन्छ । खोज अनुसन्धनका कार्यमा विशेष संलग्नता रहनेछ । खेलको क्षेत्र पनि यो साता उन्नत नै रहने देखिन्छ । राजनीतिकर्मीका निम्ति बुद्धिपक्षको प्रयोग सुखद् रहनेछ । पारिवारिक पक्ष सुखद् नै देखिन्छ । सन्नततिबाट लाभ रहनेछ । प्रेम प्रणका दृष्टिले साता सुखमय रहनेछ । नयाँ प्रेम सम्बन्ध गाँस्नेका निम्ति सुखद् समय रहनेछ । स्वाथ्यको क्षेत्र पनि सबल नै देखिन्छ । बिहीवारपछिको समय भने केही कार्यदायी रहनसक्ने साताको राशिफल रहेको छ ।

वृश्चिक राशिः वृश्चिक राशिका लागि यो साता फलदायी रहनेछ । कर्मक्षेत्र– उन्नत देखिन्छ । व्यवसायमा सफलताका साथै नेतृत्व क्षमतामा वृद्धिका योग देखिन्छन् । मित्र पक्ष सहयोगी रहनेछन् । जलीय वस्तु यो साता लाभदायी रहनेछन् । आयमा वृद्धिका साथै लागानीका नयाँ मार्ग प्राप्त हुनेछन् । कृषिकर्मीका निम्ति अन्नबालीबाट लाभ रहनेछ । वित्तीय क्षेत्रबाट लाभका योग देखिन्छन् । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । नयाँ विषयको खोज अनुसन्धाननमा मन प्रवृत्त रहनेछ । कला साहित्य एवं संगीतमा पनि रुचि बढ्ने देखिन्छ । सांगीतिक पक्ष उन्नत रहनेछ । वैदेशिक यात्राका योग पनि देखिन्छन् । प्रेम प्रणका दृष्टिले साता सुखमय रहनेछ । सम्बन्धमा प्रगाढता थपिनेछ । राजनीतिकर्मीका निम्ति साता मध्यमफलदायी रहनेछ । स्वास्थ्यको भाव मध्यम फलदायी रहने साताको रििशफल रहेको छ ।

धनु राशिः धनु राशिका लागि साताको उत्तराद्र्ध विशेष लाभदायी रहनेछ । सोमवारसम्म ग्रहबल केही प्रतिकूल देखिन्छन् । जसले कार्यक्षेत्रमा संघर्षका साथै खर्चमा पनि वृद्धि गराउन सक्नेछन् । शत्रुपक्षबाट पनि तत् समयमा सजग रहनु नै उचित हुनेछ । मंगलवारपछिको समय सुखद् बन्दै जानेछ । आय आर्जनका स्रोत क्रमशः बढ्दै जानेछन् । कर्मक्षेत्रमा पनि क्रमशः उन्नतिका योग देखिन्छन् । निर्णयप्रक्रियामा बुद्धिपक्षको प्रयोग यो साता सुखद् रहनेछ । आर्थिक दृष्टिले पनि मंगलवारपछिको समय सुखद् रहनेछ । सेयर व्यवसायमा बीमा एवं बैकिंक क्षेत्र लाभदायी रहनेछन् । धार्मिक कार्यमा रुचि बढ्नुका साथै अध्यात्म चिन्तनमा पनि केही समय व्यतीत हुने देखिन्छ । पारिवारिक पक्ष सुखद् रहनेछ । प्रेम भाव सबल रहनेछ । दाम्पत्य सुखका पनि योग रहेका छन् । निर्णयप्रक्रियामा नहतारिनु नै लाभप्रद रहनेछ । स्वास्थ्यमा भने सजग रहनु नै उचित हुनेछ । विशेषतः शीतकारक वस्तुबाट सजग रहनु होला । मित्र सहयोग मिल्नेछ । प्राविधिक कार्यक्षेत्र हुनेका निम्त साता सुखद् देखिन्छ । आयमा वृद्धिका साथै सुखद्यत्राका अवसर पनि प्राप्त हुनेछन् । कृषिकर्मीका निम्ति पशु चौपायबाट लाभ रहनेछ । अध्ययन अध्यापनमा पनि सफलता मिल्ने साताको राशिफल रहेको छ ।

मकर राशिः मकर राशिका लागि साता फलिभूत रहनेछ । कार्यक्षेत्रमा उन्नतिका साथै लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । नेतृत्व क्षमतामा वृद्धिका योग देखिन्छन् । निर्णयप्रक्रियामा बुद्धिपक्षको प्रयोग शुभ रहनेछ । वित्तीय क्षेत्र सबल रहनेछ । आयमा वृद्धिका साथै व्यवासायिक पक्ष सफल रहनेछ । धातुजन्य वस्तु यो साता लाभदायी रहनेछन् । सेयर लागानीका निम्ति मंगल र बुधवार बाहेकका समय उन्नत रहनेछन् । बैकिंग क्षेत्रको लगानी प्रतिफलदायी रहनेछ । विद्याको क्षेत्र यो साता सुखद् देखिन्छ । वाणिज्य क्षेत्रको अध्ययन गर्नेका निम्ति साता सुखद् रहनेछ । घर परिवारबाट पनि साथ सहयोग प्राप्त हुने देखिन्छ । सामाजिक पद प्रतिष्ठामा अभिवृद्धिका योग देखिन्छन् । प्रेम प्रणका दृष्टिले साता सुखद् रहनेछ । नयाँ क्षेत्रको परिभ्रमणले प्रेम पक्ष मजबुत हुने देखिन्छ । वैदेशिक क्षेत्र यो साता उन्नत रहनेछ । स्वास्थ्यको भाव मध्यम फलदायी रहनेछ । मंगल र बुधवारको समयमा भने ग्रह केही प्रतिकूल रहनसक्नेछन् । तत् समयमा खानपानका साथै लेनदेनका कार्यमा सजग रहनु नै उचित हुनेछ । सर्वकल्याणार्थ शिवजीको उपासना यो साता शुभफलदायी रहने देखिन्छ ।

कुम्भ राशिः कुम्भ राशिका लागि साता उन्नतिदायी रहनेछ । आर्थिक लाभका साथै नयाँ कार्य व्यवसायमा मन अभिप्रेरित रहनेछ । कर्मक्षेत्र सबल रहनेछ । विशेषतः सोमवारसम्मको समय कार्यक्षेत्रमा उन्नतिदायी रहनेछ । नेतृत्व क्षमतामा पनि वृद्धिका योग देखिन्छन् । जलीय वस्तुबाट लाभ हुनेछ । आर्थिक दृष्टिले पनि साता सुखद् नै देखिन्छ । व्यापार व्यवसायमा वृद्धिका योग देखिन्छन् । धातुजन्य वस्तुको कार्य व्यवसाय उन्नत रहने देखिन्छ । सेयर लगानी पनि प्रतिफलदायी बन्ने देखिन्छ । विद्याको भाव मध्यमफलदायी रहनेछ । विद्या भाव सबल रहनेछ । प्राविधिक विषयको अध्ययनका साथै खोज अनुसन्धानकर्ताका निम्त साता सुखद् रहनेछ । कलात्मक पक्ष यो साता उर्वर देखिन्छ । मनोरञ्जनमा अधिक समय व्यतीत हुनेछ । सांगीतिक पक्ष पनि लाभदायी रहनेछ । वैदेशकि पक्ष यो साता सुखद् रहनेछ । यात्रा अर्थदायी रहनेछ । प्रेम प्रणयका दृष्टिले पनि साता सुखद् नै रहनेछ । गुह्य कुराको आदान प्रदानले प्रेम पक्ष सबल बन्नेदेखिन्छ । खेल क्षत्रबाट पनि लाभका योग देखिन्छन् । बिहीवार पछिका समय केही कार्यदायी रहनसनेछन् । ग्रह बल कमजोर रहने भएकाले स्वासथ्यमा सजग रहनु उचित हुने साताको राशिफल रहेको छ ।

मीन राशि : मीन राशिका लागि साता फलदायी रहनेछ । व्यवासयमा वृद्धिका साथै आर्थिक उन्नतिका योग रहेका छन् । कर्मक्षेत्र बलवान् देखिन्छ । साहसिक कार्यमा संलग्नता रशनेछ । मित्र पक्षबाट साथ सहयोग मिल्नेछ । राजनीतिक दृष्टिले साता प्रभावकारी रहनेछ । आर्थिक पक्ष यो साता फलदायी रहनेछ । सेयर लगानी कर्ताका निम्त बीमाको क्षेत्र सुदृढ रहनेछ । व्यापार व्यवसायमा पनि उन्नतिका योग देखिन्छन् । कृषिकर्मीका निम्ति फलपूल एवं अन्नबालीको व्यवसायमा लाभदायी रहनेछ । पारिवारिक पक्ष सुखद् रहनेछ । प्रेममा पनि पारख बढ्नुका साथै सम्बन्धमा नयाँ आयाम थपिनेछन् । खेलको क्षेत्र यो साता सुखद् रहनेछ । विद्याको भाव सुखद् देखिन्छ । कलात्मक पक्षको अध्ययन अध्यापन गर्नेका निम्ति साता सुखद् रहनेछ । वैदेशिक क्षेत्रबाट उन्नतिका योग रहेका छन् । परिभ्रमण अर्थदायी रहने देखिन्छ । स्वास्थ्यको भाव सुखद् रहनेछ । शत्रु पराजित हुनेछन् । कला साहित्य एवं सृजनको पक्ष सुखद् रहनेछ । कार्य लाभका साथै सुखद् परिभ्रमाण्का अवसर पनि प्राप्त हुने मीन राशिको साप्ताहिक राशिफल रहेको छ ।

प्रकाशित समय ०५:१३ बजे

प्रतिक्रिया दिनुहोस्