गृहपृष्ठ आज बुधवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् २०७७ मंसिर १० गते

आज बुधवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् २०७७ मंसिर १० गते

Rashifal -Candles Khabar

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल मंसिर महिनाको १० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत नोभेम्बर महिनाको २५ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत कार्तिक शुक्लपक्षको एकादशी तिथि राति बिहान ६:२० बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । उत्तराभाद्रपदा नक्षत्र बेलुका ८:३४ बजेसम्म रहनेछन् । यसैगरी आज वज्र योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ६:३४ मा छ भने सूर्यास्त बेलुका ५।७ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा रहेका छन् ।

आज स्मार्तका निम्ति हरिबोधिनी एकादशीव्रत परेको छ । वैष्णवका निम्ति भने भोलि हरिशयनी एकादशीव्रत रहनेछ । आज बुधवार पनि रहेकाले लक्ष्मीनरायाण भगवान्को उपासनाका साथै हरिया वस्तुको प्रयोग लाभदायी रहनेछ ।

आजको राशिफल २०७७ मंसिर १० गते, बुधवार

मेष राशिः कार्यमा अवरोधको सामना गर्नुपर्ने देखिन्छ । चनद्रबल कमजोर रहेकाले स्वास्थ्यमा पनि सजग रहनु नै आज उचित हुनेछ ।

वृष राशिः कीर्तिलाभ हुनेछ । आयमा वृद्धि हुनुका साथै पारिवारिक सुख मिल्ने योग देखिन्छ । विद्याको क्षेत्र सबल रहनेछ ।

मिथुन राशिः आर्थिक उन्नति हुनेछ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । व्यसायमा पनि वृद्धि हुने आजको राशिफल रहेको छ ।

कर्कट राशिः व्यवसायमा वृद्धि हुनेछ । धार्मिक कार्यमा रुचि रहनुका साथै वित्तीय लाभका योग देखिन्छन् । प्रेम जीवन पनि पारखिलो रहनेछ ।

सिंह राशिः शत्रुपक्ष सबल रहनेछन् । कार्य अवरोधका साथै खर्चवृद्धिको पनि सामना गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।

कन्या राशिः पारिवारिक सुख मिल्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । मित्र मिलनका योग पनि देखिन्छन् ।

तुला राशिः मित्रलाभ हुनेछ । व्यवसायमा वृद्धि हुनुका साथै प्राविधिक कार्यमा मन अभिप्रेरित रहनेछ । अध्ययनमा प्रगति हुने देखिन्छ ।

वृश्चिक राशिः सृजनात्मक कार्यम मन अभिप्रेरित रहनेछ । आर्थिक उन्नतिका साथै भौतिक वस्तु लाभदायी रहनेछन् । प्रेम जीवान सुखद् रहनेछ ।

धनु राशिः कार्यक्षेत्रमा संघर्षका योग देखिन्छन् । शत्रु पक्ष सबल रहनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलताको सामना गर्नुपर्ने देखिन्छ ।

मकर राशिः धार्मिक कार्यमा रुचि जाग्नेछ । आर्थिक उन्नतिका साथै लगानीका नयाँ अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहने देखिन्छ ।

कुम्भ राशिः वित्तीय लाभ हुनेछ । गृह सुख मिल्नुका साथै सांगीतिक क्षेत्रमा लगाव रहनेछ । कार्यमा पनि व्यस्तता रहने आजको राशिफल रहेको छ ।

मीन राशिः बौद्धिक कार्यमा मन जानेछ । धातुजन्य वस्तु लाभदायी रहनुका साथै राजनीतिक क्षेत्र पनि सफल बन्ने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

प्रकाशित समय ०५:०४ बजे

प्रतिक्रिया दिनुहोस्