गृहपृष्ठ आज मंगलवार, गणेशजी एवं हनुमानजीको उपासना लाभदायी ? हेर्नुहोस् २०७७ मंसिर ९ गते

आज मंगलवार, गणेशजी एवं हनुमानजीको उपासना लाभदायी ? हेर्नुहोस् २०७७ मंसिर ९ गते

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल मंसिर महिनाको ९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत नोभेम्बर महिनाको २४ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत कार्तिक शुक्लपक्षको दशमी तिथि राति ४:३४ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । पूर्वाभाद्रपदा नक्षत्र बेलुका ६:२७ बजेसम्म रहनेछन् । यसैगरी आज हर्षण योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ६:३३ मा छ भने सूर्यास्त बेलुका ५:७ बजे हुनेछ । चन्द्रमा आज कुम्भ राशिमा रहेका छन् ।

आज मंगलवार गणेशजी एवं हनुमानजीको उपासना लाभदायी रहनेछ । यसैगरी आज राता वस्तुको प्रयोग पनि शुभ रहनेछ ।

आजको राशिफल २०७७ मंसिर ९ गते, मंगलवार

 

मेष राशिः वित्तीय लाभ हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेम जीवन सुखद् रहनेछ ।

वृष राशिः प्रिय लाभ हुनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै व्यवसायमा पनि सफलता मिल्ने देखिन्छ । कला मनोरञ्जनमा अधिक समय व्यतित हुनसक्ने देखिन्छ ।

मिथुन राशिः आर्थिक उन्नति हुनेछ । भौतिक वस्तु लाभदायी रहनुका साथै प्रेममा पारख बढ्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।

कर्कट राशिः शत्रुपक्ष सबल रहनेछन् । चन्द्रमाको प्रतिकूलताले गर्दा कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा पनि सजग रहनु नै उचित हुनेछ ।

सिंह राशिः वित्तीय लाभ हुनेछ । आमदानीका स्रोत बढ्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अन्य क्षेत्र मध्यम फलदायी रहनेछन् ।

कन्या राशिः गृह सुख मिल्नेछ । कार्य क्षेत्रमा उन्नतिका साथै लगानीका नयाँ अवसर प्राप्त हुनेछन् । मित्र सहयोग मिल्ने देखिन्छ ।

तुला राशि : पराक्रम बढ्नेछ । मिष्ठान्न लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । प्रेम जीवन पनि आज रमणीय रहनेछ ।

वृश्चिक राशिः ग्रहबल आज कमजोर देखिन्छ । कार्य व्यवसायमा संघर्षका साथै खर्चवृद्धिको पनि सामना गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।

धनु राशिः गृहसुख मिल्नेछ । कान्ति वृद्धिका साथै सौन्दर्य प्रसाधनमा विशेष लगाव रहनेछ । आयमा पनि वृद्धि हुने भएकाले दिन सुखमय व्यतित हुने देखिन्छ ।

मकर राशिः भौतिक वस्तुबाट लाभ हुनेछ । आर्थिक उन्नतिका साथै कार्य व्यवसायमा पनि उन्नति हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

कुम्भ राशिः व्यवसायमा वृद्धि हुनेछ । बौद्धिक कार्यमा संलग्ना रहनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । मित्र सुख मिल्ने आजको राशिफल रहेको छ ।

मीन राशिः बोलीको प्रभावकारितामा कमी आउनेछ । खर्च वृद्धिका साथै प्रतिकूल स्वास्थ्यको पनि सामना गर्नुपर्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम रहनेछ ।

प्रकाशित समय ०५:०३ बजे

प्रतिक्रिया दिनुहोस्