गृहपृष्ठ आज शनिवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ मंसिर ६ गते

आज शनिवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ मंसिर ६ गते

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल मंसिर महिनाको ६ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत नोभेम्बर महिनाको २१ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायनमा छन् । हेमन्त ऋतुअन्तर्गत कार्तिक शुक्लपक्षको सप्तमी तिथि राति १:५७ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । धनिष्ठा नक्षत्र दिवा ३:३३ बजेसम्म रहनेछन् । यसैगरी आज वृद्धि योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ६:३१ मा छ भने सूर्यास्त बेलुका ५:८ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा रहेका छन् ।

आज शनिवार शिवजीको उपासनाका साथै पिपलको दर्शन एवं पूजन लाभदायी रहनेछ ।

आजको राशिफल २०७७ मंसिर ६ गते, शनिवार

 

मेष राशिः बौद्धिक कार्यमा मन जानेछ । बोलीमा ओज रहनुका साथै कार्यक्षेत्रमा पनि सफलता मिल्न देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ ।

वृष राशिः प्रेममा पारख बढ्नेछ । व्यवसायिक सफलता प्राप्त हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । शत्रुपक्ष दुर्वल रहनेछन् ।

मिथुन राशिः चन्द्रमा आज प्रतिकूल रहनेछन् । खर्चमा वृद्धि हुनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ ।

कर्कट राशिः व्यवसायमा वृद्धि हुनेछ । बौद्धिक कार्यमा मन जानुका साथै यात्राका योग पनि देखिन्छन् । विद्याको क्षेत्र आज मध्यम फलदायी रहनेछ ।

सिंह राशिः पराक्रम बढ्नेछ । मित्र लाभ हुनुका साथै आर्थिक उन्नतिका योग पनि देखिन्छन् । परोपकारी कार्यमा विशेष लागव रहनसक्नेछ ।

कन्या राशिः व्ययमा वृद्धि हुनेछ । शत्रु पक्ष सबल रहनुका साथै कार्यमा पनि अस्थिरताले राज गर्न सक्ने देखिन्छ । आज जलीय वस्तु लाभदायी रहनेछन् ।

तुला राशिः कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ । चन्द्रमाको प्रतिकूलताले गर्दा खर्चमा पनि वृद्धि गराउनसक्ने देखिन्छ । प्रेम जीवन मध्यमफलदायी रहनेछ ।

वृश्चिक राशिः धातुजन्य वस्तु लाभदायी रहनेछन् । धार्मिक कार्यमा रुचि रहनुका साथै अध्ययन अध्यापानको क्षेत्र पनि सबल रहनेछ । मित्र सहयोगले दिन सार्थक बन्ने देखिन्छ ।

धनु राशिः पराक्रम बढ्नेछ । कला साहित्यका क्षेत्रमा रुचि रहनुका साथै कार्यप्रापितका योग पनि देखिन्छन् । भौतिक वस्तुबाट लाभ रहने देखिन्छ ।

मकर राशिः पारिवारिक सुख मिल्नेछ । आर्थिक उन्नतिका साथै व्यापार व्यवसायमा पनि उन्नति हुने देखिन्छ । लेखन कार्यमा विशेष अभिरुचि रहनेछ ।

कुम्भ राशिः शत्रुपक्ष सबल रहनेछन् । आर्थिक अस्थिरताका साथै कार्य क्षेत्रमा पनि संघर्ष र्नुपर्ने देखिन्छ । प्रेम जीवन मध्यम फलदायी रहनेछ ।

मीन राशिः पारिवारिक सुख मिल्नेछ । आयमा वृद्धि हुनुका साथै सामाजिक कार्यमा मन अभिप्रेरित रहनेछ । कर्म क्षेत्र सबल रहने देखिन्छ ।

प्रकाशित समय ०४:४२ बजे

प्रतिक्रिया दिनुहोस्