गृहपृष्ठ आज मंगलवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन

आज मंगलवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल कार्तिक महिनाको २५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत नोभेम्बर महिनाको १० तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत कार्तिक कृष्णपक्षको दशमी तिथि राति १०:३८ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । पूर्वाफाल्गुनी नक्षत्र राति ३:२ बजेसम्म रहनेछन् । यसैगरी आज ऐन्द्र योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ६:२२ मा छ भने सूर्यास्त बेलुका ५:१२ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा रहेका छन् ।

आज मंगलवार गणेशजी एवं हनुमानजीको उपासना लाभदायी रहनेछ । यसैगरी आज राता वस्तुको प्रयोग शुभ रहनेछ ।

आजको राशिफल २०७७ कार्तिक २५ गते, मंगलवार

मेष राशिः मित्र लाभ हुनेछ । कार्यक्षेत्रमा उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् । पारिवारिक सुख मिल्नेछ ।

वृष राशिः दिन कार्यदायी रहनसक्नेछ । ग्रह प्रतिकूल रहने भएकाले आर्थिक अस्थिरताका साथै खर्चमा वृद्धि हुनसक्ने देखिन्छ । स्वास्थ्यमा सजग रहनु नै उपयुक्त हुनेछ ।

मिथुन राशिः प्रिय लाभ हुनेछ । मित्र सुखका साथै धार्मिक कार्यमा रुचि रहनेछ । जलीय वस्तु आज लाभदायी रहनेछन् ।

कर्कट राशिः आर्थिक लाभ हुनेछ । मित्र सुखका साथै सुखद् यात्राका योग देखिन्छन् । अध्ययन अध्यापनामा सफलता मिल्नेछ ।

सिंह राशिः पराक्रम बढ्नेछ । भौतिक वस्तुबाट लाभ रहनुका साथै अध्ययनमा रुचि बढ्नेछ । संगीतिक क्षेत्र लाभदायी रहने देखिछ ।

कन्या राशिः दिन कार्यदायी रहनसक्नेछ । खर्च वृद्धिका साथै मित्रपक्षबाट भय रहनसक्नेछ । शत्रुपक्षबाट सजग रहनु नै उचित हुनेछ ।

तुला राशिः धार्मिक कार्यमा रुचि रहनेछ । मित्र लाभका साथै अध्ययनमा रुचि रहनेछ । आर्थिक पक्ष सबल रहनेछ ।

वृश्चिक राशिः वृत्ति लाभ हुनेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ । प्रेम जीवन सुखमय व्यतीत हुनेछ ।

धनु राशिः प्रिय लाभ हुनेछ । आय बढ्नुका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ । जलीय वस्तुबाट लाभ रहनेछ ।

मकर राशिः ग्रह बल आज कमजोर रहनेछ । खर्चमा वृद्धिका साथै शत्रुपक्षबाट भय रहनसक्नेछ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ ।

कुम्भ राशिः प्रिय लाभ हुनेछ । आर्थिक लाभका साथै सुखद् यात्राका योग देखिन्छन् । व्यवसयमा पनि वृद्धि हुने देखिन्छ ।

मीन राशिः द्रव्य लाभ हुनेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ । पारिवारिक सुख मिल्नेछ ।

 

प्रकाशित समय ०५:०२ बजे

प्रतिक्रिया दिनुहोस्