Gopal Dahal

गृहपृष्ठ २१ सय बढी मतले बादललाई खिमलालले हराउने आंकलन

२१ सय बढी मतले बादललाई खिमलालले हराउने आंकलन

5वागमती प्रदेशमा बिहीबार हुने राष्ट्रियसभाको निर्वाचनलाई निकै महत्वका साथ हेरिएको छ । विभाजनको संघारमा उभिएको एमालेकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएकोले पनि यसको महत्व बढेको हो ।

एमालेको प्रधानमन्त्री केपी ओली पक्षबाट गृहमन्त्री रामबहादुर थापा र माधवकुमार नेपालसहित संयुक्त पक्षबाट संघीयता विज्ञ डा. खिमलाल देवकोटा उम्मेदवार रहेका छन् ।

देवकोटालाई नेपाल पक्षसँगै प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सघाउने छ भने थापालाई ओली पक्ष र राप्रपाले मतदान गर्ने छ ।

नेमकिपाले आफ्नै उम्मेदवार उठाएको छ भने विवेकशील साझा पार्टीले कसलाई मतदान गर्ने भनेर अझै टुंग्याएको छैन । वागमतीको निर्वाचन रोचक मोडमा उभिएको छ ।

यस अघि गृहमन्त्री थापा सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । माओवादी केन्द्र त्यागेर एमालेको ओली पक्षमा लागेपछि उनलाई माओवादी केन्द्रले दल त्याग गरेको कानून अनुसार कारबाही गर्यो । त्यसपछि खाली एक सदस्यका लागि पुनस् निर्वाचन हुन लागेको हो ।

निर्वाचत हुन अब केही घण्टा मात्रै बाँकी रहंदा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका सत्तारुढ एमालेका उम्मेदवार हुन् थापा ।

एकल मतभारका आधारमा बहुमतमा रहेका थापा पराजीत हुने देखिएका छन् भने गठबन्धनसँगै नेपाल पक्षको सहारा पाएका देवकोटा विजेता बन्ने घोषित समर्थनले देखाएको छ । देवकोटाको पक्षमा कुल पाँच हजार ७४४ र थापाको पक्षमा तीन हजार ५८३ मतभार हुने देखिएको छ । यसरी हेर्दा देवकोटाले थापालाई २ हजार १६१ मतभारले हराउने देखिन्छ ।

यता ओली समूहभित्र पनि थापालाई मतदान गर्ने विषयमा एक मत हुन सकेको छैन । ओलीले बुधबार एक विज्ञप्ति जारी गर्दै थापालाई मतदान नगरे कारबाही गर्ने चेतावनी दिएका छन् भने भित्रभित्र थापालाई हराउन उपप्रधानमन्त्री ईश्वर पोखरेल लागेको आशंका थापा पक्षले गरेको छ ।

राष्ट्रिय सभाको उपनिर्वाचनमा पार्टीभित्रको अन्तरविरोधको चाङले थापा आफै पनि जित्नेमा ढुक्क छैनन् । यता वरिष्ठ नेता नेपालले थापालाई सघाउन नसकिने भन्दै मतदातालाई देवकोटाको पक्षमा मतदान गर्न स्वविवेकीय अधिकार दिएका छन् ।

कसको मतभार कति ?

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुखले मतदान गर्न पाउँछन् । एक प्रदेशसभा सांसद्को ४८ मतभार हुन्छ भने स्थानीय तहका जनप्रतिनिधिको १८ मतभार हुन्छ ।

यसरी हेर्दा वागमती प्रदेश सभामा एक सय १० जना सांसद् र एक सय १९ स्थानीय तहका दुई सय ३८ प्रतिनिधि मतदाता रहेका छन् ।

एमाले र कांग्रेस–माओवादीबीच १ हजार एक सय २ मतभारको फरक छ । यस्तोमा खनाल–नेपाल समूहका १३ प्रदेश सभा सांसदले फ्लोरक्रस गरे थापालाई कठिन हुनसक्छ । स्थानीय तहका एक सय ३३ मतदातामा पनि आफूहरुको राम्रो पकड रहेको खनाल–नेपाल समूहका नेताहरुको दावी छ ।

यस प्रदेशमा एमाले मिलेर अगाडि बढेको भए उसको एकलौटी मतभार पाँच हजार १५१ रहेको छ । तर यस प्रदेशमा नेपाल पक्षको पनि राम्रो पकड रहेको छ । नेपाल पक्षले १७ देखि १८ सयसम्म मतभार कटौती गर्ने देखिएको छ । नेपाल पक्षलाई छुट्याएर हेर्दा चार हजार सात सय ५८ मतभार पाउने विजयी हुने देखिएको छ ।

यस प्रदेशमा प्रदेश सांसदको ५ हजार दुई सय ८० र स्थायीय प्रतिनिधिको ४ हजार २ सय ८४ गरी कुल ९ हजार पाँच सय ६४ मतभार रहेको छ । यस प्रदेशमा अहिले एमालेका (कोरोनाले सांसद् पशुपति चौलागाईंको निधन) ५६ सांसद र स्थानीय तहका एक सय ३३ जना गरी एक सय ८९ मतदाता रहेका छन् । चौलागाईं नेपाल पक्षका सांसद् भएकाले यस प्रदेशमा २३ जना सांसद् रहेका छन् । भने ओली पक्षका ३४ जना रहेका छन् । यस्तै स्थानीय तहका जनप्रतिनिधि पनि ओली र नेपाल पक्षको झन्डै बराबरको हाराहारीमा रहेको बताइएको छ ।

वागमतीमा राप्रपाले थापालाई सघाउने घोषणा गरेको छ । यस प्रदेशमा राप्रपाको प्रदेश र स्थानीय तहका दुईरदुई जनप्रतिनिधिको कुल एक सय ३२ मतभार थापालाई थपिने भएको छ ।

वागमतीमा देवकोटाको बहुमत !

वागमती प्रदेशमा देवकोटा बहुमतमा देखिएका छन् । नेपाल पक्षको साथ पाएका उनी गठबन्धनका उम्मेदवार हुन् ।

वागमतीमा कांग्रेसका प्रदेश सांसद् २२ र स्थानीय जनप्रतिनिधि ६८ जना गरी ९० जना मतदाताको कुल मतभार २ हजार २ सय ८० रहेको छ । भने माओवादी केन्द्रको सांसद् २३ र स्थानीय जनप्रतिनिधि ३३ जना गरी ५६ जनाको कुल मतभार १ हजार ६ सय ९८ रहेको छ ।

जसपाको एक सांसद् र एक स्थानीय तहका जनप्रतिनिधको कुल मतभार ६६ रहेको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाको मतभार चार हजार ४४ हुनेछ ।

नेपाल पक्षले करिब १७ सय मतभार काट्ने आकलन गरिएको छ । यसरी हेर्दा देवकोटाको कुल मतभार पाँच हजार ७ सय ४४ हुने बागमती प्रदेशको नेतृत्व गरिरहेका माओवादी नेताले बताए ।

प्रकाशित समय १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal