गृहपृष्ठ संसद विघटन : संवैधानिक इजलासले मागे राजपत्रमा प्रकाशित सूचना

संसद विघटन : संवैधानिक इजलासले मागे राजपत्रमा प्रकाशित सूचना

sarboch-ck

संसद विघटनविरुद्धको रिटको सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटनको विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । बिहीबारको सुनुवाइमा सूचना मागिएको हो ।

बिहीबारको इजलासमा संसद विघटनको सूचना नेपाल राजपत्रमा प्रकाशननै नभएको विषय उठान भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सूचना माग गरेका हुन् ।

यसअघि बहरमा सहभागी अभिवक्ताहरु ओमप्रकाश अर्याल र टिकाराम भट्टराईले यस विषयको उठान गरेका थिए । उनीहरुले संसद विघटन गरिएको सूचना राजपत्रमा प्रकाशितनै नभएको दावी गरेका थिए ।

प्रकाशित समय १६:५० बजे

प्रतिक्रिया दिनुहोस्