गृहपृष्ठ ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्दै छौँ : माधव नेपाल

ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्दै छौँ : माधव नेपाल

नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्न लागेको छ । सो समूहका अध्यक्ष माधवकुमार नेपालले ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निष्कासित गर्ने तयारी भइरहेको बताएका हुन् ।

संसद विघटनविरुद्ध सुर्खेतमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई पार्टीबाट हटाउने अन्तिम तयारी भइरहेको बताएका छन् ।

केपी ओलीमा कम्युनिस्टमा हुनुपर्ने कुनै गुण नभएको दाबी गर्दै उनले भने, ‘केपी ओली कमिटीभन्दा माथि होइन, पार्टीभन्दा माथि होइन,’ उनले भने, ‘पार्टीमा हाम्रो बहुमत छ, केन्द्रीय कमिटीका तीन सयजना बढी हो कि एक सय बढी ?’

प्रधानमन्त्री ओलीले पार्टीको बहुमतलाई नमानेको बताए । उनले भने, ‘यो तरिकालाई केपी ओली नामको तानाशाहले मान्दिनँ भन्दा हामीले उहाँको पछिपछि लाग्नुपर्ने बाध्यता छ रु के हामी केपी ओलीका दास हौँ, के हामी हनुमान हौँ रु हामीलाई कुनै बाध्यता छैन । यो देशमा तानाशाहलाई कुनै स्थान छैन ।’

बहुमत जहिले पनि निर्णयको रूपमा आउने भन्दै उनले भने, ‘यो संसारभरि गरिएको अभ्यास हो, विश्वभरको तरिका हो, बहुमत नमान्ने मान्छेलाई हामीले के भन्ने ?

प्रकाशित समय १६:२० बजे

प्रतिक्रिया दिनुहोस्