Gopal Dahal

गृहपृष्ठ झोरमा चराको विचरण (फोटो फिचर)

झोरमा चराको विचरण (फोटो फिचर)

वसन्त सकिएर ग्रिष्म ऋतुको सुरुवात भएको छ । वातावरणले हरियाली घुम्टो ओढेको छ । यहीबीचमा कोरोना भाइरसका कारण गरिएको निषेधाज्ञाले देशभरको वातावरण सफा देखिएको छ ।

वातावरणको सुन्दरतासँगै वन्यजन्तुदेखि चराचुरुङ्गीसम्मले भने निर्धक्कसँग विचरण गर्न पाएका छन् । यही बीचमा भारत र श्रीलंकाबाट आउने एसियन प्याराडाइस नामक चराले यही मौसममा अण्डा पार्न र चल्ला कोरल्नको लागि नेपाललाई अस्थायी घरको रुपमा विकास गर्ने गर्छ ।

हरेक वर्ष गर्मी मौसममा ४/५ महिनाको लागि नेपाललाई अस्थायी घर बनाउने यो चरालाई पनि काठमाडौंको झोरमा भेटिएको छ ।

 

प्रकाशित समय १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal