Gopal Dahal

गृहपृष्ठ लमजुङमा भूकम्पले भत्काएका घर (तस्बिरहरू)

लमजुङमा भूकम्पले भत्काएका घर (तस्बिरहरू)

लमजुङ केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पले घर भत्किँदा केही मानिस घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते छिन्। घरको गारो भत्किँदा उनी घाइते भएको र उपचार भइरहेको उनले बताए।

लमजुङको भुलभुले केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए।

भूकम्पले कच्ची घरहरूमा क्षति पुगेका विवरणहरू आइरहेका छन्। केही स्थानमा सुख्खा पहिरो पनि गएको छ।

भूकम्प गएपछि मानिसहरू घरबाहिर निस्केका थिए। घर बाहिर निस्कने क्रममा पनि केही मानिस घाइते छन्।

हेर्नुस् तस्बिरहरू:

प्रकाशित समय ०९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal