Gopal Dahal

गृहपृष्ठ सर्वोच्चले न्याय दिनेमा विश्वस्त छौं : उपेन्द्र यादव

सर्वोच्चले न्याय दिनेमा विश्वस्त छौं : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले न्याय दिने कुरामा सबै दल विश्वस्त रहेको बताएका छन्। यादवले अदालतले सर्वोच्चले न्याय दिएर संविधान र लोकतन्त्रको रक्षा गर्नेछ भनेर सबै पार्टी विश्वस्त भएको बताए।

उनले आफूहरू लोकतन्त्रलाई जोगाउनका लागि संघर्ष गर्न तयार रहेको बताए। उनले लोकतन्त्र नै धरापमा परेको हुनाले सबै लोकतन्त्र पक्षधर शक्तिहरू लोकतन्त्रको रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता महसुस भएको बताए।

‘लोकतन्त्र जोगाउन संघर्षका लागि हामी तयार छौं, हामीलाई विश्वास छ, सर्वोच्चबाट न्याय हुन्छ,’ शुक्रवार सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने।

प्रकाशित समय १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal