Gopal Dahal

गृहपृष्ठ वृद्धभत्ता र कर्मचारीको तलब भत्ता बृद्धि

वृद्धभत्ता र कर्मचारीको तलब भत्ता बृद्धि

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज दिउँसो ४ बजे सार्वजनिक हुँदैछ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट यस वर्षको बजेट भाषण गर्नेछन् ।

संसद नभएकोले यसपटक अध्यादेशमार्फत बजेट ल्याइँदैछ । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक डाकेका छन् । मन्त्रिपरिषद्को बैठकले अध्यादेशको रुपमा बजेट ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्नेछ ।

राष्ट्रपतिले स्विकृति प्रदान गरेपछि अर्थमन्त्रीले बजेट भाषण प्रस्तुत गर्नेछन् । जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेको छ। बजेटमा २ खर्ब ४० अर्ब आन्तरिक राष्ट्र ऋण उठाउने भएको छ।

अध्यादेशबाट जारी हुने बजेटमा वृद्धभत्ता बढाउने कार्यक्रम हुने छ । प्रधानमन्त्रीले नै यो कार्यक्रम घोषणा गरिसकेका छन्। कर्मचारीको पनि भत्ता बढ्ने छ ।

बजेटमा राजस्वको लक्ष्य २१ प्रतिशतले बढाइएको छ । यसपाली सरकारले कोभिड नियन्त्रण र खोपलाई केन्द्रमा राखेर बजेट ल्याउँदैछ ।

बजेटमा निर्वाचनका लागि पनि स्रवत बिनियोजन गरिएको छ । संघीय संसद र स्थानीय तह निर्वाचनका लागि करिव ३० अर्ब रुपैयाँ बिनियोजन गरिएको छ ।

प्रकाशित समय ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal