विकास निर्माणको कामलाई दिनुपर्ने विष्णु पौडेलको जोड

Bishnu paudel-candles khabar

अर्थमन्त्री विष्णु पौडेलले सरकारले विकास निर्माणको कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनुभएको छ ।

रुपन्देहीको देवदह नगरपालिका वडा नं–८,स्थित लुम्बिनी बौद्ध विश्व विद्यालय शैक्षिक पूर्वाधार निर्माण स्थलको अवलोकन तथा डिनको कार्यालय उद्घाटन गर्दै पौडेलले लोकतन्त्रलाई सबलीकरण गदै,शान्ति,लोकतन्त्रका साथै विकास निर्माणका कार्यहरुलाई एक साथ अगाडि बढाउने बढाउनुभएको हो । अर्थमन्त्री विष्णु पौडेलले सरकारले विकास निर्माणका कार्यहरुलाई तीब्र गतिमा अगाडि बढाएको बताउदै यो पार्टी र त्यो पार्टीका मान्छे नभनि काम गर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी, प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्मा ,लुम्बिनी प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपाने , देवदह नगरपालिका उप.प्रमुख विद्या लक्ष्मी गुरुङ्ग लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित समय २१:५५ बजे

प्रतिक्रिया दिनुहोस्