गृहपृष्ठ वैशाखमा चुनाव हुने उपप्रधानमन्त्री पोखरेलद्दारा यस्तो खुलासा (भिडियोसहित)

वैशाखमा चुनाव हुने उपप्रधानमन्त्री पोखरेलद्दारा यस्तो खुलासा (भिडियोसहित)

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन्। काठमाडौं महानगरपालिका-५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले यसका लागि चुनावका लागि तयार हुनसमेत आग्रह गरे।

राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ। उनले भने, “चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन्। जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन्। यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्छ।”

निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ।

बागमती प्रदेश सरकार र स्थानीय जनसहभागितामा भीमसेनथान मन्दिरको पुनःनिर्माण गरिएको हो। काठमाडौं निर्वाचन क्षेत्र नं ५ क का प्रदेश सांसद नारायण सिलवालले मन्दिर पुनःनिर्माणमा पहल गरेका थिए।

सो अवसरमा उनले मन्दिर पुनःनिर्माण गर्न सफल भएकामा खुसी व्यक्त गर्दै हाँडीगाउँवासीको सहयोगकै कारण योजना सफल भएको बताए। स्थानीयको करिब १६ लाख रुपैयाँ सहयोग उपलब्ध भएको उनले जानकारी दिए।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका सबैखाले विकास निर्माणका कामका लागि आफू प्रतिबद्ध रहेको बताए। संस्कृति र सम्पदा बचाउनका लागि महानगरले धेरै काम गरिरहेको उनको भनाइ थियो।

प्रकाशित समय १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्