गृहपृष्ठ सामसुङ प्रमुखलाई साढे २ वर्षको जेल सजाय

सामसुङ प्रमुखलाई साढे २ वर्षको जेल सजाय

दक्षिण कोरियाली कम्पनी सामसुङका प्रमुख व्यक्ति ली जे योंगमाथि अदालतले साढे २ वर्षको जेल सजाय सुनाएको छ ।

दक्षिण कोरियास्थित उच्च अदालतले घुस काण्डमा दोषी ठहर गर्दै ली माथि जेलसजाय गरेको हो ।

दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हइसमेत संलग्न घुसकाण्डको पुनः सुनुवाइका क्रममा सामसुङ प्रमुखलाई जेल सजाय सुनाइएको हो ।

२०१४ देखि सामसुङ इलेक्ट्रोनिक्स कम्पनीको डि फ्याक्टो प्रमुखका रुपमा रहँदै आएका छन् ।

उच्च अदालतले गरेको पछिल्लो फैसलाले कम्पनीमा ली को नेतृत्वदायी भविष्यलाई असर गर्ने विश्लेषण गरिएको छ । अढाई वर्षको जेल सजायका कारण आगामी दिनमा कम्पनीको निर्णय हुनेछन् ।

साथै अदालती निर्णयले सामसुङ कम्पनीमा नेतृत्वको रिक्तता सिर्जना गर्नसक्ने र भविष्यमा हुने ठूलो आकारका लगानीका निर्णयहरु समेत प्रभावित हुनसक्ने विज्ञहरुको भनाइ छ ।

 

प्रकाशित समय १५:०५ बजे

प्रतिक्रिया दिनुहोस्