गृहपृष्ठ चितवनमा ग्यास बुलेटले ठक्कर दिँदा दुई जनाको मृत्यु
चितवनमा ग्यास बुलेटले ठक्कर दिँदा दुई जनाको मृत्यु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–६ हर्दी भन्ने स्थानमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिएको हो ।
ठक्करबाट ३० वर्षका नवराज दनै र २२ वर्षका सचिन दनैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीयवासीले सडक अवरुद्ध पारेका थिए । राति साढे ११ बजे प्रहरीले बाटो खुलाएको थियो । सडक खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।
प्रकाशित समय ११:१६ बजे