गृहपृष्ठ कोरोना संक्रमणबाट वरिष्ठ सर्जन मुडभरीको निधन

कोरोना संक्रमणबाट वरिष्ठ सर्जन मुडभरीको निधन

ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक एवं वरिष्ठ सर्जन डा। ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन भएको छ ।

शर्माको ७७ वर्षको उमेर शनिबार अपराहृन ओम अस्पतालमा मृत्यु भएको हो । उनी १५ दिनयता संक्रमणसँग जुधिरहेका थिए । अस्पतालका अनुसार उनलाई कडा निमोनिया भएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो ।

तत्कालीन राजा वीरेन्द्र शाहको पालामा शाही चिकित्सकको भूमिका निभाएका उनले वीर अस्पतालमा निर्देशकका रुपमा समेत काम गरेका थिए ।

यस्तै ललितपुरकी ५६ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । उनलाई २६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्वासम समस्या आएपछि २ मंसिरमा अस्पताल भर्ना भएकी थिइन् । उनी मुटुसम्बन्धी रोगका समेत बिरामी थिइन् ।

प्रकाशित समय २०:४७ बजे

प्रतिक्रिया दिनुहोस्