गृहपृष्ठ राजदूत अधिकारी पाकिस्तान प्रस्थान

राजदूत अधिकारी पाकिस्तान प्रस्थान

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी शुक्रवार त्यसतर्फ प्रस्थान गरेका छन् । वरिष्ठ सरकारी अधिकृतको रूपमा परराष्ट्र सेवामा लामो समयको अनुभव बटुलेको अधिकारीको कार्यकालमा नेपाल र पाकिस्तान बिचको सम्बन्ध अझ सुमधुर हुने अपेक्षा गरिएको छ ।

अधिकारीले पाकिस्तानमा रहँदा दक्षिण एसियाली राष्ट्रहरूको सम्बन्ध अझ सुमधुर बनाउन प्रयास गर्ने , पाकिस्तान र नेपालको मित्रतालाई अझ गाढा बनाउने, दुई देश बिचको संस्कृति आदान प्रदान गर्ने कुरामा जोड दिने छन् । साथै उनको कार्यकालमा नेपाल र पाकिस्तान बिच आर्थिक विकासमा पनि सहकार्य अघि बढ्नेमा विश्वास गरिएको छ ।

प्रकाशित समय २०:४४ बजे

प्रतिक्रिया दिनुहोस्