माइतीघरमा नरवणे भ्रमणको विरोध

maitighar birod

भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणको विरोधमा २१ दलीय मोर्चाले विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघरमा भेला भएका उनीहरुले नरवणेको नेपाल भ्रमणलाई लिएर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नरवणेले नेपालको नयाँ नक्सा सार्वजनिक गर्दा सार्वभौमिकताविरुद्ध बोलेको भन्दै प्रदर्शन गरेको जनाएका छन् ।

उनीहरुले भारतीय सेनाले कालापानी छाड्नुपर्ने, असमान सन्धिसम्झौता खारेज गर्नुपर्ने, नेपालमाथि हस्तक्षेप बन्द गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।

सेनाध्यक्ष नरवणे बुधवार सेनाको विशेष विमानबाट नेपाल आएका छन् ।

प्रकाशित समय २०:५९ बजे

प्रतिक्रिया दिनुहोस्