Gopal Dahal

गृहपृष्ठ रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुने छात्रलाई शैक्षिक सामग्री

रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुने छात्रलाई शैक्षिक सामग्री

खोटाङको हलेसी तुवाचुब नगरपालिकाकी उपमेयर बिमला राईले रुखमा टाँड (डेरा) बनाएर अनलाइन कक्षामा सहभागी हुने छात्रलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।

कोराेनाको महामारीका बीचमा रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागिता जनाएका हलेसी तुवाचुब नगरपालिका–१० अखौर्लेकाे सरस्वती माविमा कक्षा १० मा अध्ययनरत छात्र धनकुमार मगरलाई मोबाइल चार्ज गर्न एक थान ब्याकअप, एक थान झोला, एक थान ठूलो डिक्सनरी, ५ थान कापी र १ थान डायरी प्रदान गर्नुभएको हो ।

 

उपमेयर राईले व्यक्तिगत खर्चमा शैक्षिक सामग्री खरिद गरेर मंगलबार विद्यालयमा पुगेर छात्र मगरलाई हस्तान्तरण गर्नुभएको हो ।

प्रकाशित समय १७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal