Gopal Dahal

गृहपृष्ठ भीम रावलले सांसद पदबाट दिए राजीनामा

भीम रावलले सांसद पदबाट दिए राजीनामा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन् ।

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा पत्रकारहरुसङ राजीनामा दिएको जानकारी दिएका हुन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।

सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषणा गरेका हुन् ।

प्रकाशित समय १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal