Gopal Dahal

गृहपृष्ठ प्रचण्डले प्रदेश सभाबाट हटाएकी ज्वालाकुमारीलाई ओलीले बनाए केन्द्रमा मन्त्री

प्रचण्डले प्रदेश सभाबाट हटाएकी ज्वालाकुमारीलाई ओलीले बनाए केन्द्रमा मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गरेका छन्।

अघिल्लो साता मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरूलाई मन्त्रिमण्डलमा समावेश गरेका हुन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिमण्डलमा ज्वालाकुमारी साह कृषि मन्त्री बनाएका छन् ।

साह तत्कालीन माओवादीबाट प्रदेश सभा-२ मा सांसद निर्वाचित भएकी थिइन्। बाराबाट सांसद निर्वाचित साह नेकपा हुँदा बाराकी सह-इन्चार्ज थिइन्।

नेकपाको एकता खारेज भएपछि ओलीतिर लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल – प्रचण्डले उनीसहित चार जनालाई सांसद पदबाट हटाइदिएका थिए।

अहिले ओलीले उनलाई प्रदेश २ को एमाले अध्यक्ष बनाएका छन्।

प्रकाशित समय १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal