Gopal Dahal

गृहपृष्ठ प्रचण्डलाई धोका दिएका बादललाई केपी ओलीले दिए ‘बम्पर उपहार’

प्रचण्डलाई धोका दिएका बादललाई केपी ओलीले दिए ‘बम्पर उपहार’

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ले श्रीमती नैनकला थापालाई मन्त्री बनाएका छन् ।

प्रधानमन्त्री केपी ओलीले आज विस्तार गरेको मन्त्रिपरिषद्मा नैनकलालाई सञ्चार मन्त्रालयको जिम्मेवारी तोकिएको छ । आजै आठै मन्त्रीले सपथ लिँदैछन् ।

पूर्वगृहमन्त्री बादललाई मन्त्री बन्न सर्वोच्च अदालतले रोक लगाएपछि उनले आफ्नो ठाउँमा श्रीमतीलाई मन्त्री बनाएका हुन् । यसले बादलमा सत्ताप्रति कतिसम्म मोह रहेछ भन्ने प्रस्ट हुन्छ ।

यसअघि बादलले नैनकलालाई राष्ट्रिय महिला आयोगको अध्यक्ष बनाएका थिए । उनको तीन वर्षे कार्यकाल भर्खर मात्रै सकिएको थियो । मिडिया डबली बाट

प्रकाशित समय १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal