Gopal Dahal

गृहपृष्ठ यी हुन वामदेवले गणतन्त्रको प्रस्ताव ल्याउँदा विरोध गर्ने ३ शिर्ष नेता

यी हुन वामदेवले गणतन्त्रको प्रस्ताव ल्याउँदा विरोध गर्ने ३ शिर्ष नेता

आज १४ औं गणतन्त्र दिवसमा नेकपा एमालेका नेता वामदेव गौतमले इतिहासका महत्वपूर्ण विषयहरुको खुलासा गरेका छन् ।

उनले २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने नेताहरुमा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड भनी उल्लेख गरेका छन् ।

गौतमले फेसबुकमा गणतन्त्रका महानायकहरुबारे नाम खुलाएपछि गणतन्त्रको विरुद्धमा रहेका नेताहरुको संख्या खुलाएपनि नाम खुलाएका छैनन् ।

गौतमले नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा भएको समेत खुलाएका छन् ।

उनले लेखेका छन्, ‘त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।’

गौतम निकट स्रोतका अनुसार गणतन्त्रको प्रस्तावको विरोध गर्नेहरुमा नेताहरु केपी शर्मा ओली, प्रदीप नेपाल र मुकुन्द न्यौपाने थिए । उनीहरुले गौतमको गणतन्त्रको प्रस्तावको ठाडै विरोध गरेका थिए । त्यतिबेला गणतन्त्रको प्रस्तावको विरोध गर्ने ओली हाल देशका प्रधानमन्त्री तथा एमालेका अध्यक्ष छन् । प्रदीप नेपाल राजनीतिमा निष्कृय जस्तै छन् । मुकुन्द न्यौपाने माधवकुमार नेपालनिकट छन् ।

यसैगरी, गणतन्त्रमा जानुपर्छ भनेर बोल्दा गौतममाथि पार्टीमा कारबाही समेत भएको थियो । उनलाई कारबाहीका लागि प्रस्ताव तत्कालीन नेकपा स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले लगेका थिए ।

प्रकाशित समय १२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal