कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेको लागि बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धभमा छलफल हुने बताइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । कर्णाली प्रदेशबाट नेकपा(माओवादी केन्द्र)सँग सत्ता सहकार्यका लागि अगाडी बढेको कांग्रेसको यो केन्द्रीय कमिटी बैठकबाट अरु प्रदेश सरकारको बारेमा पनि छलफल हुन सक्ने बताइएको छ ।

 

प्रकाशित समय १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्