सिन्धुपाल्चोकले वार्षिक १५ करोड पाउने के छ रहस्य ?

काठमाडौंबासीलाई मेलम्चीको पानी दिएबापत सिन्धुपाल्चोकले यसको लेबीबापत वार्षिक १५ करोड रुपैयाँ पाउने भएको छ ।

खानेपानी मन्त्रालयले प्रतिएक हजार लिटर पानीमा करिब दुई रुपैयाँ लेबी पाउने गरी परिपूरण नियमावली बनाएको छ ।

यो नियमावलीलाई अर्थ मन्त्रालयले स्वीकृत गर्ने क्रममा रहेको खानेपानी सचिव माधव बेलबासेले बताए ।

अर्थ मन्त्रालयबाट उक्त नियमावली स्वीकृत भएपछि प्रति क्यूबिक मिटर एक हजार लिटर पानीको औसत लेबी मूल्य दुई रुपैयाँका दरले मासिक एक करोड हुनेछ ।

प्रकाशित समय २१:१४ बजे

प्रतिक्रिया दिनुहोस्