विप्लवको साथ पाएपछि केपी ओलीको जोस : अब हामि पनि कम छैनौं

शुक्रबार सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्ष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपाली नागरिकले शान्तिपूर्ण ढंगले बाँच्न चाहेको बताउदै नेपाली नागरिकको उक्त चाहना पुरा भएको जिकिर गर्नुभयो । देश विकासको कामले फड्को मार्ने बताउदै सबै नेपालीको समृद्ध नेपाल, सुखी नेपालीको चाहाना पुरा हुने प्रधानमन्त्री ओलीको भनाई छ ।

आफ्नो पार्टीको सरकार ढालेर आफनै पार्टीका नेताहरु अन्यपार्टीसंग प्रधानमन्त्रीको भीख मागिरहेको आरोप लगाउदै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षले प्रधामन्त्री पद किस्तीमा राखेर हिँडेको जिकिर गर्नुभयो । उहाले आफ्नो पार्टीले अनुचित ढंगबाट कसैलाई प्रधानमन्त्री भइदिन प्रस्ताव नराख्ने तकृ गर्नुभयो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्र, सामाजिक न्याय र समानताको लागि आफुहरु लडिरहेने बताउदै

नेकपा विप्लव समूहसँग भएको तीन बुँदे सहमति लामो प्रयासको परिणाम भएको बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द शान्तिपूर्ण राजनीतिमा आउने कदमबाट नेपाली जनताको मन जितेको बताउदै विप्लव नेतृत्वको नेकपाको सेफ ल्यान्डिङ भएको बताएउनुभयो ।

प्रकाशित समय २२:०२ बजे

प्रतिक्रिया दिनुहोस्