गृहपृष्ठ सिङ र जुरो ठुलो बनाइदिएपछि प्रचण्डमा अंहकार चड्यो : प्रधानमन्त्री ओली

सिङ र जुरो ठुलो बनाइदिएपछि प्रचण्डमा अंहकार चड्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालको राजनीतिमा प्रचण्डले सफलता नपाउने बताउनुभएको छ । आज विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको बृहत जनसभालाई संवोधन गनुृहुँदै प्रधानमन्त्री ओलीले दुईचार सिटमा सिधिने प्रचण्डलाई आफुले चुनावी एकता गरेर ठुलै जुरो हालिदिएको बताउनुभयो ।

पछि पार्टी एकता पछि प्रचण्डलाई ठुलै सिङपनि हालिदिएको बताउँदै प्रधानमन्त्री ओलीले लामो सिङ भएपछि प्रचण्डमा अंहकार बढेको बताउनुभयो । उहाँले भन्नुभयो, –दुईचार सिटमा सिधिने लागेका प्रचण्डलाई मैले ठुलै जुरो हालिदिए,पछि ठुलै सिङपनि हालिदिए,सिङ ठुलो भएपछि प्रचण्डमा अहंकार चढ्यो र हामीलाई नै सक्न थाल्नुभयो ।’

प्रधानमन्त्री ओलीले अझै पनि पार्टीमा फर्कन प्रचण्डलाई आग्रह गर्दै भन्नुभयो, ‘अझैपनि फर्कन चाहानुहुन्छ भने फर्केर आउनुहोस्, नेपाली जनताको यो सागरमा मिसिनुहोस् ।’ प्रधानमन्त्री ओलीले प्रचण्ड समूह खिइदै गएर सिदिने बाटोमा पुगेको बताउदै सिधिनेलाई राम मत्र भन्न सकिने भन्दै काँध थाप्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, प्रचण्ड पहिला वैधको साथमा हुनुहुन्थ्यो, उहाँले छोड्नुभयो, पछि डाक्टरले साथ दिए उहाँले पनि छोड्नु भयो अब झाँक्रीमा झर्नुभएको छ उहाँ जोगिनु हुन्न । ’

प्रकाशित समय १७:४० बजे

प्रतिक्रिया दिनुहोस्