गृहपृष्ठ लेखक, समाजसेवी तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा मित्रसेन दाहालको निधन

लेखक, समाजसेवी तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा मित्रसेन दाहालको निधन

समाजसेवी तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा मित्रसेन दाहालको हृदयघातका कारण उपचारका क्रममा निधन भएको छ ।

लेखन, समाजसेवा र प्रजातान्त्रिक आन्दोलनमा विशेष योगदान भएका बहुआयामिक व्यक्तित्व मित्रसेन दाहालको आज बिहान ९ बजेर ३० मिनेट जाँदा चाबहिलस्थित ओम अस्पतालमा हृदयघातका कारण उपचारका क्रममा निधन भएको छ ।

उहाँ बहुआयामिक व्यक्तित्व भएका दाहाल नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटकपटक गरी डेढ वर्ष जेल पर्नुभएको थियो । नेपाली कांग्रेसद्वारा सञ्चालित २०४७ सालको सत्याग्रह आन्दोलनमा पनि उहाँको सहभागिता थियो । दर्जनौँ सरकारी र गैरसरकारी, व्यावसायिक, सामाजिक, राजनीतिक, शैक्षिक र वित्तीय संघसस्थाहरूमा संलग्न उहाँ एनपिटिसी लिमिटेडको अध्यक्ष तथा प्रवन्ध निर्देशक, जे।पी। प्रतिष्ठान ९मैत्री सेवाआश्रम०का अध्यक्ष हुनुहुन्थ्यो ।

विभिन्न विधाका गरी दर्जन भन्दा बढी कृृति प्रकाशन गर्नुभएका दाहालको परिचय साहित्यकाका रूपमा पनि स्थापित छ भने आधा दर्जनभन्दा बढी कृति प्रकाशोन्मुख छन् ।

उहाँको परिवारजनले बताए अनुसार अपरान्ह ३ बजेसम्म उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि उहाँको निजी निवास, सरस्वतीनगर, काठमाडौँमा राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

उहाँका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । उहाँको निधनप्रति क्यान्डल्स खबर डट कम परिवारको तर्फबाट भावनात्मक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।

प्रकाशित समय १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्