गृहपृष्ठ पुष्प बाटिका निर्माण समितिको निर्माणाधिन ‘रामनगर पुष्प बाटिका’ले सेवा शुभारम्भ

पुष्प बाटिका निर्माण समितिको निर्माणाधिन ‘रामनगर पुष्प बाटिका’ले सेवा शुभारम्भ

चितवनको रामनगर पुष्प बाटिका निर्माण समितिको निर्माणाधिन ‘रामनगर पुष्प बाटिका’ले सेवा शुभारम्भ गरेको छ ।

भरतपुर महानगरपालिका १ रामनगरमा अवस्थित ‘रामनगर पुष्प बाटिका’को पूर्व प्रहरी नायब महानिरीक्षक तथा पतञ्जली योग समिति नेपालका संरक्षक प्रमुख अतिथि ज्ञानेन्द्र बिक्रम महतले गर्नुभएको थियो । कार्यक्रममा महतले रामनगरको उन्नति र विकासलाई अति उचाइमा पु¥याउने अभिलाषा रहेको बताउनुभयो ।

यस ठाउँ सुन्दर बनाउन सबै वर्ग र पदाधिकारीले यसको सुन्दरताको लागि सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । रामनगरको विकास गर्नु सबैको दायित्व भएको र सबैले हातेमालो गर्न आवश्यक भएको उहाँको भनाइ छ । उहाँले निर्माणाधिन ‘रामनगर पुष्प बाटिका’ले यस ठाउँको सुन्दरता थपिएको र आगामी दिनमा अझ बढी पूर्वाधारहरु निर्माण गर्ने परिकल्पना समितिको रहेको बताउनुभयो ।

कार्यक्रममा प्रहरी शिक्षालय भरतपुरका प्रहरी वरिष्ठ उपरीक्षक बुद्धि गुरुङले यस बाटिकाको लागि दानवीरहरुको ठूलो योगदानले सिंगो नेपालमा सबैको सहयोग गर्ने अनुभूत प्रेरणा सिर्जना भएको बताउनुभयो । समितिका प्रमुख संरक्षक तारानाथ कुँवरले यस बाटिकाको आसपासमा टोड्के ताल, मचान, बेलटाँडी ताल, जुगेढाप, सिमसार ताल रहेको पर्यटकीय दृष्टिकोणले अत्यन्त रमणीय रहेको जानकारी गराउनुभयो । कार्यक्रममा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रकाशित समय २१:३८ बजे

प्रतिक्रिया दिनुहोस्