गृहपृष्ठ करोडौं लागानीमा बन्दै कमेडी च्याम्पियनको सेट

करोडौं लागानीमा बन्दै कमेडी च्याम्पियनको सेट

नेपाली पहिलो कमेडी रियालिटी शो कमेडि च्याम्पियनको दोस्रो सिजनको भब्य तयारी भइरहेको छ ।


कोरोना महामारीको यो जटिल परिस्थितिमा आफुले जोखिम मोलेर भएपनि काम सुरु गरेको शो का विशाल भण्डारीले एक युट्युब अन्तर्वार्तामा बताएका छन् । दर्शको चाहानालाई ध्यानमा राख्दै कायक्रम गर्नुपर्ने भएकोले कोभिडको महामारी बिचमा पनि काम अगाडि बढेको उनि बताउँछन् ।

ललितपुर स्थित च्यासलमा रहेको राजेन्द्र लाल दासको आफ्नै स्टुडियोमा बन्दै गरेको यस शो को सेट करोडौं लगानीमा बन्न लागेको नेपालको चर्चित एवम् नेपाली रियालिटी सो का सेट डिजाइनर राजु पेन्टरले क्यान्डल्स खबरलाई बताएका छन् । उनि पछिल्लो समय धेरै व्यस्त सेट डिजाइनर मध्य एक हुन् । नेपाल आइडल देखि नेपाल स्टार लगाएत धेरै सेट उनले बनाएका छन् । 

 

 

प्रकाशित समय २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्