गृहपृष्ठ नेपाल-भारत सीमा खुलाउन माग गर्दै नाकामा आन्दोलन

नेपाल-भारत सीमा खुलाउन माग गर्दै नाकामा आन्दोलन

कोरोनाका कारण केही महिनादेखि नेपाल भारतको सीमा सिल भएपछि सर्वसधारणलाई समस्या भएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन । प्रदेश २ को विभिन्न नाकामा धर्नाको कार्यक्रम शुरु गरिएको छ ।

नेपाल भारत खुल्ला सीमा संवाद समूहको नेतृत्वमा भइरहेको सो धर्नामा स्थानीयवासी र मधेशवादी दलका नेताहरुको पनि सहभागिता रहने गरेको छ । समूहका केन्द्रिय अध्यक्ष राजिव झाले सीमा खुल्ला नभएसम्म धर्ना लगायत शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन् । अहिले प्रदेशका ६ जिल्लाको विभिन्न नाकामा धर्ना कार्यक्रम चलिरहेको बताउँदै उनले भने कोरोनाको नाममा नेपाल सरकारले नेपाल-भारत सीमामा सिल गर्ने टेष्टिंग गरेको छ ।

सीमा नाका लामो समयदेखि बन्द रहँदा सीमा क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । नेपाल–भारत सीमा बन्द रहेका कारण सीमावर्ती क्षेत्रका नागरिकलाई व्यापार–व्यवसाय, नाता–सम्बन्ध कायम राख्न समस्या भइरहेको जनगुनासो व्याप्त छ । नेपालको सीमावर्ती क्षेत्रका बासिन्दामध्ये कयौँको भारततिर वैवाहिक सम्बन्ध छ । नाका बन्दका कारण उक्त सम्बन्धमा पनि निकै समस्या आएको छ । हिँडेर आउजाउ गर्न त्यति रोकटोक नभए पनि गाडी आउजाउमा पुरै रोक लगाइएको छ, जसले गर्दा पछिल्लो समय दुई देशका नागरिकबीच वैवाहिक सम्बन्ध गाँस्न कठिनाइ भएको छ ।

प्रकाशित समय १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्