गृहपृष्ठ कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख ३३ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाख ३३ हजार विद्यार्थी सहभागी हुँदै

sano thimi-candles khabar

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनकालागि हिमाली जिल्लाहरुमा प्रश्नपत्र पठाइसकेको र अन्य जिल्लामा परीक्षा सञ्चालन हुनुअघी इमेलबाट पठाउने जनाएको छ । कोभिड १९ को संक्रमणका कारण स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न लगाएर परीक्षा सञ्चालन गरिने छ ।

संक्रमित तथा कोभिडसँग लक्षण मिल्दोजुल्दो देखिएका बिरामीका लागि पछि बेग्लै परीक्षा सञ्चालन गर्ने पनि बोर्डको योजना छ ।

कोभिडका कारण बोर्डले ४० अंकको परीक्षा लिन लागेको छ । साथै उत्तरपुस्तिका समेत विद्यालयकै सम्बन्धित शिक्षकहरुबाट परीक्षण गराइ मंसिर २२ गतेभित्र प्राप्ताङ्कको फाइल बोर्डको कार्यालयमा पठाउनुपर्ने निर्देशन बोर्डले दिएको छ । परीक्षा सम्पन्न भएको १ महिना भित्रै परीक्षाफल प्रकाशित गर्ने पनि बोर्डको तयारी छ ।

प्रकाशित समय १०:५७ बजे

प्रतिक्रिया दिनुहोस्