गृहपृष्ठ ट्रााफिक प्रहरीको उदारणीय काम, हराएका मोटरसाइकलहरु धमाधम सवारीधनीलाई हस्तान्तरण

ट्रााफिक प्रहरीको उदारणीय काम, हराएका मोटरसाइकलहरु धमाधम सवारीधनीलाई हस्तान्तरण

सवारीधनी खुशीले हर्सित

महानगरीय ट्रााफिक प्रहरी महाशाखाले काठमाडौंको बिभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलहरु बरामद गरी सम्बन्धी सवारीधनीलाई बुझाएको छ ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चोरी भएका २४ मोटरसाइकल बरामद गरि सम्बन्धी सवारीधनीलाई बुझाएको हो । मोटरसाइकल चोरी गरी कारोबारमा संलग्न तथा प्रयोग गर्नेमाथि कडा निगरानी भएको र आगामी दिनमा यस अभियानलाई शसक्त बनाइने महाशाखाले जनाएको छ । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले चोरी भएका मोटरसाइकलहरु खोज्ने अभियान नै चलाएकाले मोटरसाइकलहरु फेला पार्न सफल भएको बताए ।

चारी भएका केहि मोटरसाइकल फरक नम्बर प्लेट राखेर प्रयोग गरिरहेको अवस्थामा बरामद भएको छ ।

प्रकाशित समय ०६:१७ बजे

प्रतिक्रिया दिनुहोस्