गृहपृष्ठ वीरेन्द्र शाहको आवासगृह श्रीसदन आइतबारदेखि सर्वसाधारणको अवलोकन खुल्ला

वीरेन्द्र शाहको आवासगृह श्रीसदन आइतबारदेखि सर्वसाधारणको अवलोकन खुल्ला

Narayanhiti durbar

तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आइतबारदेखि सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको छ ।

शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले श्रीसदनको उद्घाटन गरेसंंगै आइतबारबाट नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले आइतबारबाट नै श्रीसदन सर्वसाधारणहरुले अवलोकन गरको जानकारी दिएका छन् । दाहालले कोरोना जोखिमलाई मध्यनजर गर्दै सङ्ग्रहालय भित्र प्रवेश गर्दा स्वास्थ्य सुरक्षाका सवै उपायहरु अपनाइएको बताए । सङ्ग्रहालय प्रवेशका लागि नेपाली नागरीकका लागि दुई सय बिद्यार्थीका लाथि रु ५० , चीन र सार्क राष्ट्रका नागरिकलाई ५०० र अन्यलाई रु एक हजारको दस्तुर कायम गरिएको उनले जानकारी दिए ।

उनले नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक क्षेत्रमा अझै पुननिर्माणको कार्य जारी रहेको पनि बताए । त्यस्तै श्रीपेज लगाएतका अन्य भवन सङ्ग्रहालयको आकर्षणको केन्द्र रहेको र अध्ययनका लागि पनि उपयुक्त हुने उनले बताए ।

दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । राजा वीरेन्द्रको परिवारको वंशनाशपछि उक्त सदन बन्द थियो । विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो ।

 

प्रकाशित समय २०:२२ बजे

प्रतिक्रिया दिनुहोस्