गृहपृष्ठ मुख्यमन्त्री राईद्धारा माप्य खुम्बु मितेरी पुलको उद्घाटन (भिडियोसहित)

मुख्यमन्त्री राईद्धारा माप्य खुम्बु मितेरी पुलको उद्घाटन (भिडियोसहित)

सोलुखुम्वुको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने माप्य खुम्बु मितेरी पुलको उद्घाटन गरिएको छ ।

शनिबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उक्त मितेरी पुलको उद्घाटन गर्नुभएको हो । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा सडकको पहुँच स्थापित गर्न दुधकोशीको ओर्लाङघाटमा निर्माण गरिएको पुलको उद्घाटन यसअघि नै गर्ने भनिएतापनि कोरोना संक्रमणका कारण ढिलाई भएको थियो ।

पुलको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री राईले दुई गाउँपालिका जोड्ने पुन निर्माण भएसंंगै उक्त क्षेत्रमा बिकासको ढोका खुलेको बताए । उक्त पुल निर्माण भएसंगै पर्यटकलाई सगरमाथाको आधार क्षेत्रमा पुराउने ढोका समेत खोलिएको उनले बताए ।

उनले संघीय प्रणालीमा मुलुक रुपान्तरण भएकै कारण मुलुक बिकासको बाटोमा अघि बढेको र पुल निर्माण भएको धारणा राखेका थिए । बिगतमा बिकासको स्वरुप जनताले देख्न नपाएको भन्दै उनले अहिले सम्पूर्ण शक्ति र अधिकार जनताको हातमा राखेकै कारण बिकास सम्भव भएको उल्लेख गरेका छन् ।

४८ मिटर लम्बाई र ६ मिटर चौडाईको पुल जलप नेपालले टेण्डर मार्फत ७ करोड २९ लाख ९७ हजारमा काम सम्पन्न गरेको हो । पुल निर्माणमा संघीय सांसद कोष मार्फत १ करोड, प्रदेश १ सरकारबाट २ करोड, बाँकी माप्य दुधकोशी गाउँपालिका र खुम्बुपासाङल्हामु गाउँपालिकाले लगानी गरेका छन् । पुलको क्षमता ५५ टनको रहेको छ ।

प्रकाशित समय २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्