गृहपृष्ठ श्री पञ्चमहालक्ष्मी मन्दिरमा यो वर्ष पनि भव्य पूजा आरधना (फोटो फिचर)

श्री पञ्चमहालक्ष्मी मन्दिरमा यो वर्ष पनि भव्य पूजा आरधना (फोटो फिचर)

श्री पञ्चमहालक्ष्मी मन्दिरमा प्रत्येक वर्ष झै यस वर्ष पनि श्री पञ्चमहालक्ष्मीको पूजा आरधना सम्पन्न भएको छ ।

शनिबार लक्ष्मी पूजाका अवसरमा विशेष गरी सम्पन्न गरिएको हो । पाँच ओटा लक्ष्मीको विधिवत रुपमा पूजा आरधना गरिने यस पूजामा सम्पन्न लक्ष्मी, भोग लक्ष्मी, ज्ञान लक्ष्मी, मोक्ष लक्ष्मी, महालक्ष्मीसहित पञ्च महालक्ष्मीको विशेष पूजा गरिएको हो । मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य आचार्यको संकलपमा आयोजित सो पूजामा काठमाडौ, भक्तपुर, ललितपुर लगायतका ठाँउहरुको भक्तजनको सहभागिता रहेको थियो । करिब २ घण्टा लगाएर पञ्च महालक्ष्मीको विधिवत आरधना गरिएको थियो । यस वर्ष कोरोना संक्रमण जोखिमका कारण पूजा आरधना कार्यक्रममा विगत वर्षको जस्तो भक्तजनहरुको भीड लागेको थिएन ।

 

प्रकाशित समय २०:४५ बजे

प्रतिक्रिया दिनुहोस्