गृहपृष्ठ सर्वोच्च कमाण्डर गणेशमानको सम्झना

सर्वोच्च कमाण्डर गणेशमानको सम्झना

प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका हुन् । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रुपमा उहालाई स्मरण गरिन्छ ।

जन्म जयन्तीका अवसरमा सोमबार काठमाडौंको शोभाभगवतीमा रहेको सिंहका सालिकमा माल्यार्पण गरिएको छ भने गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोनाबिरुद्धको जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो । माल्यार्पण कार्यक्रममा कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको परिवर्तन र राणाशासनको अन्त्यका लागि गणेशमान सिंहको भूमिकाको स्मरण गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

प्रकाशित समय २२:३५ बजे

प्रतिक्रिया दिनुहोस्