Gopal Dahal

गृहपृष्ठ प्रचण्डको अस्थिरमा खेरिलरहने आदत छ : प्रधानमन्त्री ओली

प्रचण्डको अस्थिरमा खेरिलरहने आदत छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले राजीनामा नदिने बताएका छन् । पछिल्लो समय सत्तारुढ दल नेकपा भित्र विवाद चर्किरहेका बेला उनले आफुले राजीनामा नदिने दोहोर्याएका हुन् ।

त्यसक्रममा उनले नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि घुमाउरो रुपमा गम्भीर आरोप लगाएका छन् ।

‘धेरैले धेरै पटक धेरै कोणबाट प्रयास गरेका हुन् । केही व्यक्तिहरुमा अस्थिरतामा खेलिरहने आदत छ’ ओलीले प्रचण्डतर्फ इंकित गर्दै भने ।

बुधबार मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको बताए ।

उनले भने, ‘के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिने बाला छैन ।’

मैले राजीनामा दिनु देशलाई बर्बादीमा लानु हो, त्यसैले राजीनामा दिन्न : केपी ओली

 

केहीले अविश्वासको प्रस्तावको तयारी गर्दैछन् भन्ने सुनेको, तर त्यसले केही फरक नपर्ने बताए । ‘म यहाँ आएको जालझेल र तिक्डमबाट होइन, जनताको आवश्यकता र व्यापक समर्थनबाट हो । तपाईंहरु ढुक्कले काममा लाग्नुस्’ उनले भने ।

केहीलाई देशलाई अस्थिरतातिर धकेल्न खोज्ने आदत रहेको र, भित्रबाहिरबाट आफूलाई प्रधानमन्त्रीबाट हटाउने धेरै कोशिस भएको उनले बताए ।

प्रकाशित समय २०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

Gopal Dahal